संघीय फोरमको निर्णयले कांग्रेसलाई ठूलो राहत

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् ।

एमाले र माओवादी केन्द्र बहुमतीय निर्वाचन प्रणाली अनुसार राष्ट्रिय सभा गठन हुनुपर्नेमा अडान लिइरहेका बेला फोरम नेपालका महासचिव यादवले कांग्रेसलाई राहत हुने गरेर एकल संक्रमणीय निर्वाचनको पक्षमा संघीय फोरम रहेको बताएका हुन् । संघीय फोरमको यो धारणाले कांग्रेसलाई सहयोग मिलेको छ भने बाम गठबन्धनलाई झट्का लागेको छ ।

सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा अडकेको अध्यादेश राष्ट्रपतिले छिटै प्रमाणिकरण गरेर देशलाई निकास दिनुपर्ने उनले बताए । बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि निर्वाचन सांसद समेत रहेका महासचिव यादवले तीन दलको बिबादले देशले निकास पाउन नसकेको बताए ।

‘देशलाई निकास दिन राष्ट्रपतिले अध्यादेश छिटै प्रमाणीकरण गर्नुपर्छ, दलहरूको विवादमा राष्ट्रपति पर्नुहुदैन भन्ने हाम्रो कुरा हो’, यादवले भने, ‘दलहरूले यसमा विवाद गर्ने कुनै कुरैछैन्, देशको निकास एवं विकास गर्नका लागि राजनीतिक दलका नेताहरूले विवाद नगरी सहमतिमा अगाडि बढनुपर्छ ।’

अब बन्ने नयाँ सरकारमा फोरम नेपाल सहभागी हुने की नहुने भन्ने सरकार निर्माण गर्ने दलको व्यवहारले देखाउने उनले बताए । संबिधान संशोधन गर्नेमा विषयमा सहमति जनाउने दललाई फोरम नेपालले सहयोग गर्ने महासचिव यादवले बताए ।

Published : Thursday, 2017 December 21, 7:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया