पार्टी एकीकरणमा किन हुँदैछ ढिलाइ ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुनुपर्ने भनेर नेपाली मतदाताले म्यान्डेट दिएका छन् ।

तर, पदीय लोभलालचका कारण एमाले र माओवादीका नेताहरू पार्टी एकीकरणको विषयलाई गौण बनाउन थालेका छन् । उनीहरूले जसरी पनि पार्टी एकीकरण गर्नुपर्छ । होइन भने मतदाताहरूलाई गुमराहमा राख्नु हुँदैन ।

एमाले र माओवादी मिल्ने आधार जनमत नै हो । उनीहरूले पाएको बुहमतले मुलुकलाई पाँच वर्षसम्मका लागि स्थायित्व दिएको छ । यो कुरा बुझेका उनीहरूले अहिले आएर दुबै कम्युनिष्ट पार्टी मिल्न आनाकानी गर्नु भनेको जनताका लागि ठूलो धोका हो ।

माओवादीकी नेतृ रेखा शर्माले भनिन्,‘माओवादी र एमाले मिल्नुपर्ने भनेर मतदाताहरूले म्यान्डेट दिएका हुन् । ढिलो चाँढो दुई पार्टी मिल्नुका विकल्प छैन ।’

उनले पाँच वर्षसम्म मिलेर माओवादी र एमालेले सरकार चलाउनुपर्ने बताइन् । उनले भनिन्,‘सरकार बन्नु अगाडि पार्टी एकीकरणको खाका तयार हुनुपर्छ । त्यसपछि मात्रै नयाँ सरकार बनाउँदा राम्रो हुन्छ ।’

एमालेका सचिव योगेश भट्टराईले पनि माओवादी नेतृ शर्मासँग मिल्ने गरेर प्रतिक्रिया दिए । भट्टराईले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीहरूले पाएको अभिमत पार्टी एकीकरणका लागि हो । दुई पार्टी मिल्नुको बिकल्प छैन ।’

तर, एमालेका केही नेताहरूले पार्टी एकीकरणको कुरालाई बिथोल्ने गरेर दिएको अभिव्यक्तिले डराएका छन् । एमालेका महासचिव ईश्वर पोख्रेलले केपी ओलीका सम्बन्धमा दिएको अभिव्यक्तिले माओवादीका नेताहरूलाई चिन्ता बढाइदिएको छ ।

माओवादीका नेता कृष्णबहादुर महराले एमालेका नेताहरूको अभिव्यक्तिप्रति चिन्ता समेत प्रकट गरेका छन् ।
– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2017 December 21, 8:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया