यसरी गर्नुपर्छ दाँतको सफाई र हेरचाह (अन्तर्वार्ता)

दाँतको सरसफाइमा हामीले खासै ध्यान दिँदैनौँ । दाँतले अनुहारको सौन्दर्यता पनि दिएको हुन्छ । दाँतको सुरक्षामा नेपालीहरूले खासै ध्यान दिएको पाइँदैन । वरिष्ठ दन्त चिकित्सक डा. वीपी भुसालले दाँतलाई सबैले महत्व दिएर सुरक्षा र सरसफाइ गर्नुपर्ने सल्लाह दिन्छन् । दन्त चिकित्सका बारेमा उनले बंगलादेश, पाकिस्तान र फिलिपिन्समा अध्ययन गरेका हुन् । डा.भुसालको अनुभवमा दाँतको सुरक्षाबाट नै मानिसको जीवनको महत्व रहने बुझाइ छ । दाङको घोराहीमा बसेर चिकित्सा पेसा गर्दै आएका उनै डा.भुसालसँग दाँतको सुरक्षा र उपचारका बारेमा हाम्रा सहकर्मीले गरेको कुराकानी ।

दाँतको सुरक्षा कसरी गर्न सकिन्छ ? उपायहरू के–के छन् ?

हामीले दाँत, गिजा र जिब्रोमा खासै ध्यान दिँदैनौ । यी कुरालाई समयमा ध्यान दियौँ भने धेरै रोगबाट बच्न सकिन्छ । यी तीन कुरालाई ध्यान दिने हो भने ७० प्रतिशतसम्म स्वास्थ्य सुरक्षित रहन सक्छ । दाँत वा मुखमा समस्या देखियो भने तत्काल डाक्टरलाई देखाउनु पर्छ । गिजाबाट रगत आउने समस्या भयो भने त्यसले ठूलो समस्या निम्ताउन सक्छ । दाँतबाट रगत आयो भने त्यो टीबी रोग पनि हुन सक्छ । खकारबाट पनि रगत आउँछ । मुखबाट रगत आयो भने हेलचेक्राइ गर्नु हुँदैन । दाँत दुख्यो भने कहिल्यै पनि हेलचेक्राइ गर्नु हुँदैन । तुरुन्त उपचार गर्नुपर्छ । समयमा उपचार गराउनु पर्छ । फोक्सोको कारणले पनि दाँतमा समस्या आउन सक्छ ।

ब्रस कसरी गर्ने ? कुन–कुन समय गर्ने ?

विशेष गरेर बिहान र बेलुका दुई पटक ब्रस गर्नुपर्छ । त्यो पनि खाना खाएपछि मात्रै ब्रस गर्नुपर्छ । ब्रस गर्नु भनेको खानाखाएपछि दाँतमा अड्किएका कुरा बाहिर हटाएर मुखको सफई गर्नु हो । बालबच्चा र सबै उमेरका व्यक्तिले खानाखाएपछि बिहान र बेलुका दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ ।

दाँतमा किरा लाग्छ भन्छन् यो के हो ?

दातमा किरा लाग्ने समस्या फास्ट फुड र सरसफाइको कमीले हो । विभिन्न खालका केमिकल मिसिएको खानेकुरा खाँदा दाँत दुख्ने समस्या हुन्छ । चटपटे खादा पनि दाँत दुख्ने समस्या आउन सक्छ । चटपटे खाँदा त्यसले दाँतको इनामेल घटाउने गर्छ । अर्थात त्यस्ता खानेकुरामा विभिन्न केमिकल मिसिएका हुन्छन् । केमिकलले दाँतमा खानेकुरा अड्कियो वा खानेकुरा कुहियो भने पनि दाँत दुख्छ । दाँतमा किरा लाग्ने होइन । ब्याक्ट्रियाले दाँत दुख्ने । बेक्ट्रिया इन्फेक्सनले मान्छेलाई हैरान बनाउँछ । चलनचल्तीमा दाँत किराले खाएर दुख्यो भन्ने गरिन्छ । तर, किराले दाँत दुख्ने भन्दा पनि फोहर र ब्याक्ट्रियाले दाँत दुख्छ । दाँतमा किरा हुँदैन । फोहर भयो भने दुख्ने हो ।

श्वास किन गन्हाउँछ ?

दाँतको बीचमा जमेको फोहरले गर्दा श्वास गन्हाउने हो । दाँतको सफाइमा कमी भयो भने श्वास गन्हाउँछ । वा पेटको रोगले पनि श्वास गन्हाउन सक्छ ।

दाँतको आयु कति हुन्छ ?

दाँतको आयु यति भन्ने हुँदैन । दाँतको आयु बाँचुञ्जेल हुन्छ । हेरचाह गर्नुपर्छ । सफाइ गरियो भने जिन्दगीभरि दाँत सुरक्षित हुन्छ । दाँतमा समस्या भयो भने नयाँ दाँत पनि लगाउन मिल्छ । बच्च अवस्थामा दाँतको सफाइमा ध्यान दिनुपर्छ । ७०–८० वर्षसम्म दाँतले काम गर्छ । मानिसका २० वटा दाँत फेरिने अवस्थामा रहन्छन् । दुधे दाँत र स्थायी दात दुई प्रकारका हुन्छ । दाँत ५२ वटा हुन्छन् । ती दाँत फेरिने र नफेरिन दुई प्रकारका हुन्छन् ।

गिजा किन दुख्छ ?

बुद्धिबंगारालाई ठाउँ भएन भने दुख्ने हो । मानिसको खानपिनले गर्दा वृत्तिविकासमा समस्या भएको छ । गिजामा ठाउँ भएन भने गिजा दुख्छ । हड्डीको स्टक्चरले गर्दा पनि गिजा दुख्ने हो । फिजियो लोजिकल वा प्याथोलोजिकले गर्दा पनि गिजा दुख्छ । दाँतमा किरा अर्थात ब्याक्टेरिया लागेर पनि गिजा दुख्ने गर्छ ।

मुखमा घाउ खटिरा किन आउँछ नि ?

सरसफाइका कारणले घाउ खटिरा आउने हो । घाउ खटिरा विभिन्न रोगले पनि आउने गर्छ ।

सुगरका बिरामीलाई दाँतको समस्या हुन्छ ?

हुन्छ । सुगरका बिरामीलाई दाँतमा अलिक धेरै समस्या आउन सक्छ । दाँतको सुरक्षा र खानपिनमा सुगरका बिरामीले विशेष ध्यान दिनुपर्छ । दाँतको सुरक्षाका लागि घरमा तयार गरेको खानेकुरा खाने नै सबैभन्दा उपयुक्त बिकल्प हो । फास्टफुडलाई नखाने । घरमा बनाएका स्वास्थ्य खानामा नै जोडबल गर्नुपर्छ ।

दाँतको सौन्दर्यता कसरी बनाउने ?

शरीरको अंगमध्ये दाँत सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले सौन्दर्यता दिन्छ । यसको सौन्दर्यतालाई खाने कुराबाट नै ध्यान दिने हो । जथाभावी रुपमा खानु हुँदैन । जे खानेकुरा खाए पनि दाँतलाई समयमा सफा गर्न भुल्नु हुँदैन । नियमित उपचार नै दाँतको सौन्दर्यताको उपयुक्त बिकल्प हो ।

दाँतबाट ठूला रोग लाग्छ कि लाग्दैन ?

लाग्छ नि । क्यान्सरका बिरामीहरू मुखका कारण ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुगेका हुन्छन् । दाँतबाट नै धेरै ठूला रोग लाग्न सक्छ ।

सुर्ती खाँदा दाँत बलियो हुन्छ भन्छन् नि ?

त्यो कदापि पनि होइन । बरु सर्ती खाने गर्दा मुखको क्यान्सर हुने गर्छ । ठूलो रोग लाग्ने गर्छ । मान्छेको ज्यान पनि जान्छ । दाँतलाई सुर्तीले कहिले पनि सहयोग गर्दैन । सुर्ती र चुरोटले प्राणघातका रोग निम्त्याउँछ । दाँत दुख्दा निको पार्न खाने पेनकिलरले किड्नी र अन्य अंगलाई असर पुर्‍याउँछ । चिकित्सकको सल्लाहमा औषधि र पेनकिलर प्रयोग गर्नुपर्छ । जथाभावी औषधि प्रयोग गर्नु हुँदैन ।

दाँतका लागि खानुपर्ने कुरा के हो ?

हरियो सागपात, पहेलो फलफूल खानुपर्छ । गुलियो खाएपछि कुल्ला गर्नुपर्छ । बालबालिकालाई धेरै गुलियो खान नदिने । गुलियो खाएपछि कुल्ला गर्ने । ब्रस गर्ने । मोटरसाइकलमा बाहिर हिँड्दा हेलमेट लगाउने ।

दाँतको उपचार सस्तो छ कि महँगो छ ?

दाँतको उपचार महँगोमा पर्छ । यति नै खर्च भन्ने छैन । तर, महँगो छ । उपचार गर्नेभन्दा पनि दाँतको हेरचाह र सुरक्षालाई ध्यान दिएर उपचार हुने अवस्था आउन नदिनु नै उपयुक्त हुन्छ ।

नयाँ दाँत हाल्दा मुख गन्हाउँछ कि गन्हाउँदैन ?

सरसफाइमा ध्यान दिने हो भने मुख गन्हाउँदैन । दाँत विभिन्न प्रकारका हुन्छन् । चिकित्सकको सल्लाह बमोजिम राम्रा र गुणस्तरीय दाँत राखियो भने समस्या हुँदैन ।

आजकाल युवायुवतीले दाँत बाध्ने गरेको देखिन्छ किन होला ?

दाँत बाँध्ने काम दिन प्रतिदिन बढ्दो छ । अनुहारको रुपमा सुन्दरता ल्याउनका लागि दाँत बाँधेर साइजमा ल्याउने कार्य भएको हो । दाँत विग्रिएका सबै उमेरका व्यक्तिले दाँत बाँधेर मिलाउने गर्छन् । यो प्रक्रिया अलिक लामो र महँगो मानिन्छ । तर, दाँत बाँध्ने गर्दा सौन्दर्यता बढाउँछ । दाँत छिद्रो भएको वा दाँत बाहिर उछिट्टिएको भएमा पनि बाँधेर मिलाउने गरिन्छ ।

दाँत बाँधेर मिलाउन कित खर्च लाग्छ ?

यो प्रविधि अलिक महँगो मानिन्छ । नेपालमा न्यूनतम २० हजारदेखि २ लाख ५० हजारम्म खर्च लाग्छ ।

Published : Thursday, 2017 December 21, 8:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया