मकवानपुर प्रहरीलाई अर्को सफलता, भरुवा बन्दुकसहित दुई पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक सय किलो गाँजा र एक थान भरुवा बन्दुक सहित सेतेलाल थिंङलाई फक्राउ गरेको हो । पुस ४ गते बिहान करिव ४ बजे ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा खटिएको टोली रुपाचुरी भन्ने स्थानबाट ३९ वर्षीय थिंङलाई पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

थिंङको घरमा खानतलासी गर्दा ४ वटा बोरामा लुकाई छिपाई राखेको गाँजा १ सय किलो तथा १ नाले भरुवा भन्दुक १ थान फेला परेको प्रहरीले जनाएको छ । थिंङलाई सात दिन पुर्पक्षका लागि थुनामा राख्ने आदेश लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

यसैबीच, मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिका ४ स्थित कुसुमटार जंगलमा गस्ती गर्दै जाने क्रममा ६२ वर्षीय रामबहादुर गोलेलाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा गोलेलाई भरुवा बन्दुक १ नाल र बारुद ३० ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

Published : Wednesday, 2017 December 20, 12:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया