एमालेले राष्ट्रपतिलाई उचालेको छः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. १ मा बुधबार बिहान आयोजित कार्यक्रममा नेता सिंहले विधि र नियम पुर्‍याएर कांग्रेसले संविधानअनुसार सत्ता हस्तान्तर गर्ने बताए । उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको बताए ।

‘कांग्रेस सत्ताका लागि लोभ गरेको छैन । सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलहरूका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा नेता सिंहले आश्चर्य व्यक्त गरे ।

‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्’, उनले भने, ‘कांग्रेस सत्तामा बस्न चाहेको छैन । विधि र प्रक्रिया पूरा हुनेवित्तिकै संवैधानिक प्रक्रियाअनुसार कांग्रेसले सत्ता हस्तान्तर गर्छ । तर, राष्ट्रिय सभाको अध्यादेश जारी गर्नुपर्छ । त्यसपछि छिटो निर्वाचन हुन्छ ।’

‘कम्युनिष्ट पार्टीहरूले भएको कुरालाई पनि ढाकछोप गर्छन्’, कांग्रेस नेता सिंहल भने, ‘संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन । विवाह नगरी बच्चा जन्मिन्छ ? भन्नु जस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । कांग्रेसले सत्ता छाड्न चाहन्छ । खेलको नियम सबैले मान्नु पर्छ ।’

सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आफै अबरोध गर्ने । अनि कांग्रेसलाई दोष दिने ?’, नेता सिंहले भने, ‘नेताहरूमा घमण्ड पलाउनु हुँदैन ।’

प्रत्यक्षतर्फ कांग्रेसले पाएको सिट संख्या अन्त्यन्तै निरासाजनक रहेको बताएका सिंहले भने, ‘समानुपातिकमा जनताको भोट आएको छ । जनताले कांग्रेसको नेतृत्व ठीक छैन । अब नेतृत्वमा सुधार गर्नुपर्छ भन्ने सन्देशसहितको मत दिएका छन् । यसलाई आत्मसात गरेर कांग्रेसलाई सुधार गर्नेतिर लाग्नुपर्छ ।’

कांग्रेस अहिले बिरामी भएको उनको भनाइ थियो । ‘कांग्रेस बिरामी भएको छ । यसलाई सहि उपचार गरेर नयाँ जीवन दिनुपर्छ’, सिंहले भने, ‘समयमा सुधार गर्नु जरुरी छ ।

Published : Wednesday, 2017 December 20, 10:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया