दुई नायिका आपत्तिजनक अवस्थामा होटेलबाट पक्राउ

नयाँदिल्ली । भारतको एउटा पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ ।

नायिकाद्वय रिच्चा सक्सेना र शुभद्रा चटर्जीलाई प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ । उनीहरू तेलगु र बंगाली फिल्मका नाम चलेका अभिनेत्रीहरू हुन् ।

पक्राउ पर्नेमा चलचित्र नायिका पनि छिन् । टेलिभिजन सिरियलमा काम गर्ने नायिका समेत पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरूलार्इ पक्राउ गरेको हो । प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकास‌ंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए ।

हैदराबाद प्रहरीका अनुसार केही दिनअघि नै यौनधन्दाका बारे जानकारी पाएपनि प्रहरी उपयुक्त मौकाको पर्खार्इमा रहेको थियो ।

प्रहरीले शनिवार राति बंजारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुर्इ नायिका र एक पुरुषलार्इ पक्राउ गरेको हो । तीनै जना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ । एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन प्रहरीले बरामत गरेको छ । – एजेन्सी

Published : Wednesday, 2017 December 20, 6:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया