नेपाली सेनामा १५० अधिकृतका लागि जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले एकैपटक १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन् ।
खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ । विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ ।
यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ ।
पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । जंगी अड्डा भद्रकालीसहित सबैै पृतनाहरूमा दरखास्त फाराम पाइनेछ ।
Published : Tuesday, 2017 December 19, 10:43 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत