अभिनेत्री बेनिशाले गरिन् कमाल, फिर्ता भयो अवार्ड

काठमाडौं । अभिनेत्री बेनिशा हमालले आफूले पाएको अवार्ड फिर्ता गरेर चर्चामा आएकी छिन् ।

हालै युएईको आबुधाबीमा सम्पन्न एक एवार्ड कार्यक्रममा आफूले पाएको एवार्ड आयोजकलाई फिर्ता गरेर हमालले चर्चा बटुलेकी हुन् ।

म्युजिक भिडियोसम्बन्धी उक्त एवार्ड कार्यक्रममा एउटा म्युजिक भिडियोको मोडलका रूपमा नोमिनेसनमा परेकी अभिनेत्री हमालले उत्कृष्ट मोडलको अवार्ड नपाएपछि फिर्ता गरेकी हुन् । अभिनेत्री नम्रता सापकोटालाई उत्कृष्ट मोडलवको अवाड दिइएको थियो ।

अभिनेत्री हमालले वर्षको पपुलर अभिनेत्रीको एवार्ड पाएकी थिइन् । तर, उनले सो अवार्डमा चित्त नबुझाएर फिर्ता गरेकी हुन् । ‘म उक्त विधाको अवार्डको हकदार होइन’, वेनिशाले भनेकी छिन्, ‘आयोजकहरूले एवार्डको इज्जत राख्नुपर्छ ।’

आफू पपुलर अभिनेत्रीको क्याटगोरीमा नपर्ने उनको भनाइ छ । यद्यपि आयोजकहरूले कार्यक्रमलगत्तै उनलाई नै सो अवार्ड थमाएको दाबी गरेका छन् ।

अभिनेत्री हमालले स्वर, मोक्ष, महसुस, कालोपोथी, किङ आदि चलचित्रमा काम गरिसकेकी छिन् । उनको हालै प्रदर्शित चलचित्र ‘झ्यानाकुटी’बाट धेरै प्रशंसा पाएकी थिइन् ।

Published : Monday, 2017 December 18, 7:43 pm

7 प्रतिकृया प्राप्त “अभिनेत्री बेनिशाले गरिन् कमाल, फिर्ता भयो अवार्ड”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया