बालबालिकको सौन्दर्य प्रतियोगिता दोस्रो सिजन सुरु

काठमाडौं । बालबालिका सम्बन्धी सौन्दर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को (दोस्रो सिजन) सुरु भएको छ । आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले आइतबार विज्ञाप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूको सुनौलो भबिष्य निर्माणतिर अग्रसर गराउने उदेश्यले गत वर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

७ देखि १४ वर्षसम्मका बालबालिकाले प्रतियोगिताका लागि आवेदन दिन सक्नेछन् । ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म भिन्नभिन्नै तीन समूहको बिजेता छानिने छन् । प्रतियोगितामा लागि आवेदन फर्म दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।

कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई संगीत, गायन, नृत्य, व्यक्तित्व विकाश, सामाजिक उत्तर दायत्व, बालअधिकार, अनुसाशन लगायत विषयको प्रशिक्षण सहित अन्तिमस्पर्धा उतारिनेछ ।

मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफी रहने प्रतियोगितामा गायिका कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल लगायतले प्रशिक्षण दिनेछन् ।

Published : Sunday, 2017 December 17, 7:20 pm

1 प्रतिकृया प्राप्त “बालबालिकको सौन्दर्य प्रतियोगिता दोस्रो सिजन सुरु”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया