दाङमा बलिको घरमा प्रहरीको छापा, जुवाडे पक्राउ

घोराही । दाङ जिल्लाको बबई गाउँपालिका–४ कञ्चनपुरमा प्रहरीले छापामारेर दश जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय बलिराम खत्रीको घरमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले शनिबार छापामारेर दशजनालाई पक्राउ गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–६ बस्ने ३२ वर्षीय सेबेन्द्र देवकोटा सहित १० जना रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले तास १ गड्डी, कौडा १४ थान र नगद १ लाख ३५ हजार ३ सय ९६ रुपैयाँ बरामद गरेको छ ।

Published : Sunday, 2017 December 17, 6:52 pm

1 प्रतिकृया प्राप्त “दाङमा बलिको घरमा प्रहरीको छापा, जुवाडे पक्राउ”

  • जुवा तास खेल्ने भनेको बिकृति फैलाउनु हो योस्तो गर्ने लाइ कडा सजाए दिनु पर्छ

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया