ओलीको जिल्लामा बाम गठबन्धनका युवाहरू कांग्रेसमा प्रवेश

झापा । एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउने तयारी गरिरहेका बेला युवा नेताहरूले बाम गठबन्धनको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

झापा जिल्लाको धाइजन– १ घर भएका झण्डै एक दर्जन युवाहरू शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पार्टीमा प्रवेश गराएका हुन् ।

‘बलेको आगो छाडेर शीतल रुखको छहारीमा युवाहरू प्रवेश’ गरेको भन्दै कांग्रेसका युवा नेता शर्माले फोटोसहित ट्वीट गरेका छन् । एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्लामा बाम गठबन्धनप्रति युवाहरूमा निराशा छाएको नेपाली कांग्रेसले जनाएको छ ।

देशभरि बाम गठबन्धनको लहर चलिरहेका बेला माओवादीका युवाहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नुलाई अझै पनि कांग्रेसप्रति सर्वसाधारणको मोह रहेको जनाइएको छ ।

Published : Sunday, 2017 December 17, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया