दुई नाङ्गा युवती राखेर नेपाली फिल्मको पत्रकार सम्मेलन

काठमाडौं । चलचित्र मुना एन्ड रोमियोको एउटा गीत रिलिज गर्न सञ्चारकर्मीलाई बोलाइएको थियो । कार्यक्रमको प्रारम्भमा गीत बज्यो ।

त्यहाँ स्विमिङ पुल त थिएन । तर, सो फिल्मका अभिनेता विनय श्रेष्ठ मंसिरको चिसोमा पनि बिकिनीमा उत्रिएका दुई युवतीलाई च्याप्दै नाच्न थाले । त्यो दृश्य सञ्चारकर्मीका लागि आकर्षकभन्दा पनि भद्दा लाग्यो । महिला सञ्चारकर्मीहरूले कार्यक्रममा छि‘छि‘भन्दै आँखा चिम्लिए ।

सामान्यतया बिकिनीको प्रयोग स्विमिङ खेल्दा गरिन्छ । अझै पनि मोडलहरूले बिकिनीमै फोटो सेसन गर्छन् । फेसन सो बिकिनी पनि गरिन्छ ।

तर, पत्रकार सम्मेलनमा युवतीलाई बिकिनीमा उतारेर उनीहरूलाई दुईतिर च्याप्दै कार्यक्रम स्थलमा सम्बन्धित चलचित्रका नायक उपस्थित हुनु सञ्चारकर्मीकै लागि अपाच्य बन्यो ।

यसबारे सञ्चारकर्मीले प्रश्न पनि गरे । चलचित्रको आइटम गीत भएकाले सोही शैलीमा नायकलाई प्रस्तुत गरिएको जवाफ उनीहरूले दिए ।

नरेशकुमार केसी निर्देशित यो फिल्मको गौरव डागोन्करको संगीत, अर्ल यूआरएलको शब्द तथा स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । फिल्ममा विनयसँगै सृष्टि श्रेष्ठको अभिनय छ । यो फिल्म आगामी फागुनमा रिलिज गरिने भएको छ ।

Published : Sunday, 2017 December 17, 8:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया