माओवादीको कुटाइबाट नेविसंघका नेता घाइते
काठमाडौं । नेपाल विद्यार्थी संघ गोरखाका उपसभापति रमेश बस्ताकोटीलाई माओवादी केन्द्र समर्थित युवाहरूले काठमाडौंमा कुटपिट गरी घाइते बनाएका छन् ।
काठमाडौं नयाँ बजारमा शनिबार दिउँसो चुनावी समीक्षाको विषयमा आफूमाथि कुटपिट भएको बस्ताकोटीले बताए ।
बस्ताकोटीलाई माओवादीका कार्यकर्ता गोरखा ताकुकोटका अर्जुन बस्नेत र नुवाकोटका सहदेव ओझालगायतले आक्रमण गरेका हुन् । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नेविसंघ गोरखाका अध्यक्ष रुपबहादुर गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा आक्रमणकारीलाई छिटोभन्दा छिटो पक्राउ गर्न प्रहरी र प्रशासनसमक्ष आग्रह गरिएको छ ।
आक्रमणकारीलाई सम्बन्धित निकायले छिटो पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाए ‘नेविसंघले सांगठनिक रुपमा जुनसुकै कदम चाल्ने’ चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
लोकतन्त्रमा आफ्नो विचार राख्न पाइने बताउँदै बस्ताकोटीले टेलिफोनमा भने, ‘चुनावी समीक्षा गरेकै भरमा ममाथि कुर्सी, टेबल र मुक्का प्रहार गरियो ।’
बस्ताकोटी यसअघि ०६४ को निर्वाचनको बेला पनि माओवादीबाट कुटिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत