पार्टी एकीकरण हुन्छ, तत्काल प्राविधिक समस्या भयोः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कुनै विकल्प नरहेको बताएका छन् ।

काठमाडौं–५ बाट निर्वाचित वाम गठबन्धनका उम्मेदवार तथा एमाले महासचिव ईश्वर पोखरेलद्वारा शनिबार आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले पार्टी एकताको कुनै विकल्प नरहेको बताएका हुन् ।

‘हामीले पहल गरेका थियौं यसलाई जनताले अनुमोदन गरेका छन्, अब वाम गठबन्धन र पार्टी एकता जनअनुमोदित भएको छ, यसलाई अन्तिम रुप दिएर अगाडि बढ्नुको कुनै विकल्प छैन’, उनले भने ।

दाहालले प्राबिधिक कारण तत्काल पार्टी एकता गर्न अप्ठ्यारो पर्ने भएकाले पार्टी एकता संयोजन समिति बनाएर निर्वाचनमा गएको प्रष्ट पारे ।

उनले वाम गठबन्धनलाई प्राप्त चुनावी परिणाम हर्षबढाइँ गर्नुपर्ने उचित कारण भएको टिप्पणी गरे ।

Published : Saturday, 2017 December 16, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया