लहानमा सकेट बम विष्फोट, दुईजना घाइते
सिरहा । सिरहा जिल्लामा सकेट बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
लहान नगरपालिका–१ स्थित लोकतन्त्रचोक छेउमा बेवारिसे अवस्थामा रहेको साईकलको सिटमुनी फिट गरेको सकेट बम बिष्फोटन हुँदा छर्रा लागेर दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
हात, खुट्टा, ढाड र कम्मरमा छर्रा लागेर सामान्य घाइते भएका उनीहरूलाई उपचारको लागि राउ स्मारक अस्पताल लहानमा लगिएको छ ।
घटनास्थलमा सकेटका टुक्राहरू तथा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत नाम उल्लेख गरिएका पर्चा फेला परेको छ ।
Published : Thursday, 2017 December 14, 4:51 pm
यसमा तपाइको मत