केपी ओलीको बोलीले माओवादीको चित्त दुख्यो

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाम गठबन्धनलाई असर पर्ने गरेर अभिव्यक्ति नदिन एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन छन् ।

निर्वाचनको मतपरिणाम अन्तिम चरणमा आइरहेका बेला माओवादी केन्द्रका केही नेताहरूले एमालेसँगको पार्टी एकीकरण विरुद्ध अभिव्यक्ति दिन थालेपछि श्रेष्ठले धैर्यता राखेर अभिव्यक्ति दिन आग्रह गरेका हुन् । नेता श्रेष्ठले बिहीबार ट्वीट गर्दै बाम गठबन्धनलाई असर पर्ने गरेर कुनै पनि आरोप प्रत्यारोप नगर्न भनेका हुन् ।

‘माओवादी केन्द्र र एमालेका सबै नेता कार्यकर्ताहरूलाई जिम्मेवारी बोध सहित धैर्यता कायम गर्न र पार्टी एकता वा वामगठबन्धनको भबिश्यसँग जोडिने गरी कुनै आशंकाजन्य आरोप प्रत्यारोप नगर्न विशेष अनुरोध गर्दछु’, श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रा कतिपय मतभेद र कुनै नयाँ कुरा भए छलफलद्वारा समाधान गरौं ।’

माओवादी केन्द्र निकट योङ् कम्युनिष्ट लिग (वाईसिएल)का अध्यक्ष दीपशिखाले माओवादी आन्दोलन र सिद्धान्तबारे एमालेका अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको विरोध गरेका छन् । त्यसपछि एमाले र माओवादीका नेताहरूबीच आरोप प्रत्यारोप चलेपछि माओवादीका नेता श्रेष्ठले सबैलाई संयम हुन आग्रह गरेका हुन् ।

नयाँ सरकार बनेको केही समय लगत्तै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको चर्चा रहेको छ ।

Published : Thursday, 2017 December 14, 11:11 am

2 प्रतिकृया प्राप्त “केपी ओलीको बोलीले माओवादीको चित्त दुख्यो”

  • Yo uml namko parti ra teska hawadari kp Oli adhyxa raheko parti sanga akikaran hunuhudaina kinaki janaudda lai minimise garne rajtantrako sapot garne haru sanga kasari yakatako hunxa yadi khutta dhogera atma samarpan garinxa vane janaudda 2 ahileko abasyakta hunexa

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया