मेलमिलापको नीतिसहित जानुपर्छ

नेकपा (एमाले) र माओवादी केन्द्रको बाम गठबन्धनले झण्डै दुईतिहाइ सिट जितेका छन् । प्रत्यक्षमा उनीहरूले दुईतिहाइ पाएका छन् । तर, समानुपातिकमा भने बाम गठबन्धनको होल्ड हुन सकेन । अब बाम गठबन्धनले आफूलाई संयम बनाएर अगाडि बढ्नु उचित हुन्छ ।

नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने गरेर आफूलाई तयारी अवस्थामा राख्नुपर्छ । सरकारको गुण र दोषका आधारमा कांग्रेसले अबको नीति तयारपार्नुपर्छ । कांग्रेसले बाम गठबन्धनको जितको उन्मादलाई नियन्त्रण गर्नुपर्छ । हारेको छु भनेर कांग्रेसले चिन्ता लिनुपर्दैन । संसदीय पद्दतिमा जित र हार स्वभाविक हुनेगर्छ ।

बाम गठबन्धनमाथि देखिएको अहँकारलाई कांग्रेसले नियन्त्रण गरिदिनुपर्छ । त्यो भनेको बाम गठबन्धनको गलत विषयलाई रोक्ने हो । उसका गलत क्रियाकलाप रोक्ने हो । बाम गठबन्धनको उन्मादलाई सहि ठाउँमा राख्ने हो ।

एमाले र माओवादीमा अहिले जितको ठूलो घमण्ड देखिएको छ । त्यो घमण्ड उनीहरूले नियन्त्रण गर्नुपर्छ । बाम गठबन्धनले कांग्रेसलाई बेवास्ता गरेर कुनै पनि काम गर्नु हुँदैन । जसले भोलिका दिनमा बाम गठबन्धन विरुद्ध कांग्रेसले कुनै कडा र अप्रिय कदम उठाउन नपरोस् ।

अबको राजनीति संयम र संहिष्णुताको हुनुपर्छ । बाम गठबन्धनले सबै दलहरूलाई मेलमिलापको नीति लिएर लैजानुपर्छ । त्यो अवस्था भयो भने मात्रै मुलुकले सहज रुपमा गति पाउँछ । संविधान कार्यान्वयन हुन्छ । मुलुकमा विकास र समृद्धि आउनेछ । यो संस्कार बाम गठबन्धनले सिक्नु जरुरी छ ।

बाम गठबन्धनका केही नेताहरूमा देखिएको जितको उन्मादले गर्दा एमाले र माओवादीलाई क्षति त हुने नै छ । त्यसको असर मुलुकमा पनि हुने सम्भावना उत्तिकै छ । देश र जनताका लागि प्रमुख तीन ठूला दल एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहकार्यको संस्कृतिलाई ल्याउनै पर्ने हुन्छ ।

कांग्रेसले पनि हारेको मानसिकताले सरकारलाई सधै अफ्ठ्यारो अवस्था बनाइ रहनुहुँदैन । उसले आफ्नो लोकतान्त्रिक छविलाई कायम राखेर जानुपर्छ ।

Published : Thursday, 2017 December 14, 10:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया