फेसबुकमार्फत बिहे, त्यसपछि भयो ‘काण्ड’

काठमाडौं । सिन्धुपाल्चोक माङ्खा –७ का ३३ वर्षीय तुलबहादुर तामाङलाई फेसबुकमार्फत ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभा माकल गाउँपालिका ५ की मनकला गुरुङलाई फेसबुकमार्फत साथी बनाउँदै बिहे समेत गरेर उनका आफन्तबाट ठगी गरेको उजुरीको आधारमा प्रहरीले मांखास्थित घरबाटै पक्राउ गरेको हो ।

ठग्ने उद्देश्यले नै गुरुङलाई फेसबुकमार्फत सम्पर्क बढाएको र बिहेपछि गुरुङको नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई अमेरिकी आर्मीमा जागिर लगाईदिन्छु भनी प्रलोभन देखाई २१ लाख ठगेको प्रहरीको भनाई छ ।

उनले लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी श्रृजना दोङ्गसँग अमेरीका लैजाने भनी ९ लाख, दोङ्गलाई नै क्यानडा जाने मानिस खोज्न लगाई भाई संजय दोङ्ग र मिम लामाबाट समेत १३ लाख तथा साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामाबाट समेत क्यानडा लग्ने भन्दै ९ लाख ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

महानगरीय अपराध महाशाखाले उनलाई मुलुकी ऐन ठगी महल बमोजिम अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ ।

Published : Wednesday, 2017 December 13, 5:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया