गगनसँग टक्कर लिन खोज्दा सुबुनाको जमानत जफत

काठमाडौं । काठमाडौंको १० वटै सिटमा उम्मेदवार दिएको रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले समग्रमा सम्मानजनक मत पाएको छ ।

क्षेत्र नं. १ बाट उठेका पार्टीका संयोजक रविन्द्र मिश्र कांग्रेस नेता प्रकाशमान सिंहसँग ८१९ मतअन्तरले पराजित भए ।

अर्का संयोजक उज्वल थापाले काठमाडौं ५ मा ६ हजार ८ सय १३ मत ल्याए । तर, विवकेशीलका केही उम्मेदवारले पनि जमानत समेत जोगाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ३, ४ र १० मा विवेकशील साझा पार्टीका उम्मेदवारहरूले जमानत जोगाउन नसकेका हुन् ।

क्षेत्र नं. ३ की सुवित्रा सिंह लामा, ४ कि सुबुना बस्नेत र १० का प्रदीप ढकालले जमानत जोगाउन नसकेका हुन् । सुबुना बस्नेत नेपाली कांग्रेसका युवा नेता गगन थापासँग प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएकी थिइन् ।

 

काठमाडौं ३ मा ३७ हजार ५१२ मत सदर हुँदा विवेकशील साझाका उम्मेदवार सिंहेले २ हजार २०५ मत पाइन् । क्षेत्र नम्बर ४ मा ४३ हजार ५३५ मत सदर हुँदा बस्नेतले ३ हजार ४० पाइन् ।

क्षेत्र नं. १० मा ५३ हजार ३४१ मत सदर हुँदा ढकालले २ हजार ३ मत मात्रै ल्याए । कुल सदर मतको १० प्रतिशत भन्दा कम मत पाउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।

Published : Wednesday, 2017 December 13, 4:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया