माकुराको जालोले भैँसीलाई रोक्दैन : केपी ओली

विर्तामोड । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले माकुराको जालोले भैँसीलाई रोक्न नसक्ने बताएका छन् ।

प्रतिनिधी सभामा निर्वाचित भएपछि सोमबार गृहजिल्ला झापामा आयोजित धन्यावादज्ञापन गर्न आयोजित कार्यक्रमहरूमा ओलीले एमालेलाई रोक्न अनेक किसिमका जालझेल र प्रयास भएको बताए ।

‘एमालेलाई रोक्न विभिन्न खालका प्रयास भए । जालेझले पनि भयो’, उनले भने, ‘भैँसीलाई माकुराको जालोले रोक्न सक्छ र ? रोक्न सक्दैन ।’

एमालेको पक्षमा आएको बहुमतबाट आफूहरू उत्साहित भएको ओलीले बताए ।

Published : Monday, 2017 December 11, 4:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया