बाम गठबन्धनका सूत्रधार ‘दाजुभाई’को घमण्ड चकनाचुर

काठमाडौं । कांग्रेससँगको सहकार्य तोड्न बाध्य बनाउने एमालेका उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधी सभा निर्वाचनमा नराम्रोसँग हार व्यहोर्नु परेको छ ।

बामदेव गौतमले बर्दिया १ र नारायणकाजी श्रेष्ठले गोरखा २ बाट पराजित भएका छन् । उनीहरू दुबै एमाले र माओवादीभित्र प्रभाव राख्ने नेताहरूका रुपमा परिचित छन् ।

गौतम र श्रेष्ठको जोडीले नै एमाले–माओवादीको वाम गठबन्धन बनाउन ठूलो मद्दत गरेका थिए । दुबै नेताहरूले बाम गठबन्धनको सूत्रधार आफूहरू रहेको स्वीकार गरिसकेका छन् ।

गौतम–श्रेष्ठको चलखेललाई उनीहरूको क्षेत्रका मतदाताले मन पराएका रहेन छन् । होइन भने यी दुबै कम्युनिष्ट नेताहरूले जित्नुपर्ने थियो । अहिले चौतर्फी प्रश्न उठ्न थालेको छ ।

प्रतिनिधी सभामा जितेर प्रधानमन्त्री बन्ने सपना देखेका बामदेव गौतमले बर्दियामा चुनावका बेला पत्रकार ऋषि धमलासँगको सक्षरत्कारमा भनेका थिए ‘अबको प्रधानमन्त्री म नै हुँ, एमालेभित्र यो हक मलाई मात्रै छ’ भनेका थिए । बिडम्बना, गौतमको त्यो अहंकारलाई बर्दिया १ का मतदाताले चकनाचुर बनाइ दिएका छन् । अब गौतम तत्काल प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको छ ।

त्यति मात्रै होइन गौतमलाई अब एमालेको अध्यक्ष बन्ने बाटो पनि बन्द हुनेछ । किन भने एमालेले ७० वर्ष पुगेका नेताहरूलाई सक्रिय राजनीतिमा नराख्ने निर्णय गरिसकेको छ । यी दुई कारणले पनि गौतमको राजनीति समाप्तीको बाटोमा अग्रसर भएको छ ।

माओवादीका नेता श्रेष्ठको अवस्था गौतमको जस्तै नरहे पनि उनले अब पाँच वर्षसम्म संगठन गरेर बस्नुको कुनै बिकल्प रहने छैन । गोरखा २ का मतदाताहरूको श्रेष्ठले मन जित्न सकेको रहेन छन् भन्ने प्रष्ट भएको छ । होइन भने श्रेष्ठले जित्नुपर्ने थियो ।

श्रेष्ठले पनि ‘मलाई कसैले हराउन सक्दैन, मेरो जित सुनिश्चित छ’ भनेर दाबी गर्दै आएका थिए ।

माओवादीसँग पार्टी एकीकरण गरेर प्रचण्डलाई हैरान बनाउँदै आएका श्रेष्ठको यो दोस्रो हार हो । उनलाई दोस्रो संविधानसभाका बेला मकवानपुरका मतदाताहरूले पराजित गराइ दिएका थिए । डा.बाबुराम भट्टराईसँग भिड्न जाने श्रेष्ठको निर्णयलाई धेरैले राम्रो मानेका छैनन् । अर्को कुनै क्षेत्रबाट उम्मेदवार बनेको भए प्रचण्डका लागि टाउको दुःखाइको विषय हुन सक्थ्यो ।

बामदेव गौतम र नारायणकाजी श्रेष्ठको यो पराजयलाई एमाले र माओवादीभित्र धेरैले हाइसञ्चोका रुमा पनि लिएका पनि हुन सक्छ । जे होस् राजनीतिमा अलिक ध्यान नदिँदा र आफूलाई ठूलो तथा महान नेताका रुप लिँदा नतिजा यस्तै भोग्नु पर्छ ।

Published : Sunday, 2017 December 10, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया