‘सञ्जयकुमार’ जसले कांग्रेस शुभेच्छुकहरूलाई खुसी ल्याइदिए

काठमाडौं । एमाले र माओवादी केन्द्रले चौतर्फी घेराबन्दी गरेका बेला नेपाली कांग्रेसका नेता तथा बर्दिया क्षेत्र नं. १ मा सञ्जयकुमार गौतमले कांग्रेसका शुभेच्छुकहरूलाई खुसीको बहार ल्याइ दिएका छन् ।
बर्दिया क्षेत्र नं. १ बाट कांग्रेसबाट प्रतिनिधी सभामा उम्मेदवार बनेका सञ्जय गौतमले बाम गठबन्धनका सुत्रधार तथा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई नराम्रोसँग हराएर कांग्रेसका शुभेच्छुकहरूप्रति राहत दिएका हुन् ।
देशभरि कांग्रेसका अधिकांश उम्मेदवार पराजित भइरहेका बेला सिचाइँमन्त्री समेत रहेका सञ्जयकुमार गौतमले बामदेवलाई हराएको घटनाले कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूलाई ठूलो खुसीको रुपमा हेरिएको छ ।
ठूलो घमण्डका साथ निर्वाचनमा होमिएका एमालेका उपाध्यक्ष गौतमले पत्रकार ऋषि धमलासँगको साक्षत्कारमा भनेका थिए, ‘त्यो सञ्जय गौतम सामन्ती हो । त्यसले हार्छ । मैले जितिसकेको छु । घोषणा गर्न मात्रै बाँकी छ ।’ तर, बर्दिया क्षेत्र नं. १ का मतदाताहरूले बामदेव गौतमको घमण्डलाई आइतबार चकनाचुर बनाइ दिएका छन् ।
पत्रकार ऋषि धमलाले पनि बामदेव गौतमको त्यो अहंकारी अभिव्यक्ति स्मरण गर्दै भने, ‘समय बलवान छ । मुलुकभरि बाम गठबन्धनका उम्मेदवारहरूले जितिरहेका बेला बामदेव गौतम जस्तो प्रभावशाली नेता पराजय भोग्नुपर्ने अवस्था आयो । अहंकार मानिसको सबैभन्दा ठूलो दुश्मन हो ।’
प्यूठानलाई आफ्नो राजनीतिक कार्यथलो बनाएका बामदेव गौतमले प्यूठानलाई छाडेर बर्दिया १ मा झरेका थिए । तर, बर्दियाका मतदाताले बामदेव गौतमलाई यसपटक मन पराएनन् । बर्दिया १ का मतदाताहरूले अखिर बदला लिएर छाडेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
यसमा तपाइको मत