बाम गठबन्धन झस्किने गरेर देउवाले दिए ‘बयान’

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरूको मुख बन्द भएको हुनसक्ने अनुमान आफूले गरेको बताएका छन् ।

डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै देउवाले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा भएको बताए ।

‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु’, देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन । चुनाव सर्दैछ भन्नेहरूको मुख बन्द हुनुपर्ने हो ।’

उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको देउवाले बताए ।

आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए ।

Published : Thursday, 2017 December 7, 1:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया