महेश बस्नेतका समर्थकद्वारा कांग्रेसका मतदातामाथि आक्रमण

बालकोट । भक्तपुर जिल्लाको बालकोटस्थित गणेश आधारभुत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् ।

कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बनेका विष्णु खत्रीले दिको जानकारी अनुसार कांग्रेसका मतदातालाई आतंकित गरेर मतदान केन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरूको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताले नियोजित रुपमा सो घट्ना गरेका हुन् ।

घट्नामा संलग्न व्यक्तिहरू भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ ।

घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

Published : Thursday, 2017 December 7, 1:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया