पैसा बाड्दै गर्दा एमालेका कर्ण थापा समातिए, गाडीमा आगजनी

अछाम । पूर्व मन्त्री तथा प्रदेश सभामा बाजुरा जिल्लाबाट कम्युनिष्ट गठबन्धनको उम्मेद्वार बनेका एमालेका नेता कर्ण थापालाई निर्वाचन आचारसंहिता मिचेर छिमेकी जिल्ला अछाममा रकम बाड्न थालेको अवस्थामा स्थानीयहरुले समातेर राखेका छन् ।
बाजुराका प्रदेश सभा उम्मेद्वार थापा बुघबार अछामको जयगढ भन्ने स्थानमा पैसा बाड्दै गर्दा स्थानीयले भेटपछि भनाभन भएको थियो । निर्वाचनको मौन अवधिमा छिमेकी जिल्लामा पुगेर पैसा बाड्न थालेका थापाबाट स्थानीयहरुले ७ लाख रुपैया बरामद गरेका थिए ।
उनी सो स्थानमा पैसा लिएर आउने थाहापाएका स्थानीय बासिन्दाहरुले उनको निगरानी गरेको बताइन्छ ।
आफू उम्मेद्वार भएको जिल्लाको मतपेटिकाको रक्षा र मतगणनाको प्रबन्धलाई अलपत्र छाडेर मौन अवधिमा छिमेकी जिल्लाका बासिन्दालाई किन्न आएको आरोप लगाएपछि उनी उत्तेजित भएका थिए ।
निर्वाचन आचारसंहिताको उल्लंघन पनि आफै गर्ने र उल्टो स्थानीयवासीलाई तथानाम गालि गर्न थालेपछि उत्तेजित भएको भीडले उनको गाडी तोडफोड गर्दै आगजनी समेत गरेको थियो ।
अछाममा एमालेका भीमबहादुर रावल र यज्ञबहादुर बोगटीको अवस्था नाजुक भएपछि केन्द्रीय निर्देशनमा पूर्व मन्त्री थापा रकमको बन्दोवस्त गरी विभिन्न गाँउमा पैसा वितरण गर्न गएको बताइन्छ ।
अछाममा नेपाली कांग्रेसको अवस्था अहिले राम्रो छ । निरन्तर लामोसमयसम्म जित्दा पनि रावलले जिल्लाको विकास निर्माणमा खासै ध्यान नदिएपछि उनीसंग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका उम्मेद्वार भरतकुमार स्वार र बोगटीको विरुद्धमा उठेका पुष्करबहादुर शाहको अवस्था निकै राम्रो रहेको छ ।
निर्वाचन हारिने भएकोले मतदाता किन्न दुवै उम्मेद्वारले छिमेकमा रहेका थापालाई हारगुहार गरेका थिए ।
3 प्रतिकृया प्राप्त “पैसा बाड्दै गर्दा एमालेका कर्ण थापा समातिए, गाडीमा आगजनी”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
समनचार लेख्ने त हावा फुस्ककै हाे तर सम्पादकले पनि अलिकती हेर्नु पर्ने समनचार पनि यति हावा पत्रकारले लेखेकाे समाचार हाे कि पाटि कार्यक्रताले लेखेको हाे सम्पादक पनि पाटिकाे खाेल अाेडेकै रहेछन भन्न मिलेन कति हतारो गरेछन सम्पादकले पनि
वा कांग्रेसजन ।।।। हरूवा कांग्रेसको मरुवा प्रचार
स्वच्छ पर्तिसप्रदाको राजनीति गरौ।अर्को दलको बन्दै मा कसैले कसैलाई अपमान नगरौ।जो काङ्ग्रेस का मित्र बाट भैरहेको छ ।यो पत्रकार ले पनि समयमै सुदृदा राम्रो होला।