बिना मगरले बाँडिन् पैसा, साडी र खाद्यान्न, कांग्रेसका दुईजना कार्यकर्ता कुटिए

– दीपेन्द्र बस्नेत

कञ्चनपुर । क्षेत्र नम्वर १ बेलडाँडी गाउँपालिका ५ मा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले तरुण दलका २ जना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।

निर्वाचन आचार संहिता विपरित मौन अबधिमा मतदातालाई पैसा बाँड्न गएका माओवादी र एमालेका कार्यकर्ताले मंगलबार राति पैसा बाँडेर मतदाता प्रभावित बनाउन खोज्ने क्रममा तरुण दलका युवाहरूमाथि आक्रमण भएको नेपाली कांग्रेसले जनाएको छ ।

सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी बुहारी बिना मगर प्रतिनिधी सभामा उम्मेदवार बनेकी छिन् ।

पति प्रकाश दाहालको मृत्युपछि हिन्दूधर्मको खिलाप काजकिरियामा समेत नबसेर मतदातामाझ सेतोवस्त्र सहित मत माग्दै आएकी माओवादी उम्मेदवार बिनाले नै सो आक्रमण गराएको आरोप कांग्रेसको छ । सो क्षेत्रका विभिन्न स्थानमा मतदाताहरूलाई पैसा, साडी, खाद्यन्न वितरण गरेर मत आफ्नो पक्षमा प्रभावित बनाउन बिना मगर सक्रिय रहेको कांग्रेसको आरोप छ ।

मौन अबधिमा मतदातालार्इ पैसा बाँड्न गएका कम्युनिष्ट गठबन्धनका कार्यकर्तालाई आचारसंहिता विरोधी गतिविधी नगर्न आग्रह गर्दा उनीहरूले एक्कासि आक्रमण गरेको नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनकसिंह धामीले बताए ।

राति साँढे १० बजेतिर गरिएको आक्रमणमा तरुण दलका बेल्डाँडी गाउँपालिका सचिब सचिन कठायत र तरुण दलका सदस्य जयराज भट्ट घाइते भएका छन् ।

घाइते दुबै जनाको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको धामीले जानकारी दिए ।

Published : Wednesday, 2017 December 6, 9:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया