घोराहीमा कांग्रेस नेतृ देवकोटाको घरमा बम, सीसीटीभीले कदै गर्‍यो भिडियो

घोराही । नेपाली कांग्रेसकी नेतृ एवम् निर्वतमान सांसद अनिता देवकोटाको घर अगाडि अपरिचित समूहले राखेको बम नेपाली सेनाले निस्क्रिय बनाएको छ ।

दाङको घोराहीस्थित साइ मन्दिर नजिकै रहेको घर अगाडि बुधबार बिहान साढे ६ बजे बम देखिएको कांग्रेस नेतृ देवकोटाले जानकारी दिइन् । बम राखेको सूचनापछि आसपासको क्षेत्रमा स्थानीय डराएका थिए ।

‘बिहान मर्निङवाक जान लाग्दा घरको अगाडि बम देखेपछि मैले प्रहरीलाई फोन गरेर सूचना दिएँ’, उनले भनिन्, ‘त्यसपछि प्रहरी र नेपाली सेनाको टोली आएर बमलाई पौने ९ बजे निस्क्रिय बनाएको छ ।’

बम कसले राखेको हो भन्ने खुल्न सकेको छैन । तर, नजिकै रहेको सीसीक्यमराको भिडियोबाट बाम राख्ने व्यक्तिको पहिचान हुने प्रहरीले जनाएको छ । सीसीटिभीको फुटेजलाई प्रहरीले लगेर गएको छ ।

नेपाल कांग्रेसका प्रदेश सभाका उम्मेदवार भरतबहादुर न्यौपानेलाई पनि अपरिचित समूहले केही दिन अगाडि चुनावी प्रचार प्रसारमा गएका बेला गाडीमा बम प्रहार गरेको थियो । यद्यपि कुनै क्षति हुन पाएको थिएन ।

Published : Wednesday, 2017 December 6, 9:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया