बीबीसीको ‘नेपाल सन्दर्भ’ रविन्द्र मिश्रले ‘चोरी’ गरेको खुलासा

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीमा काम गरेका रविन्द्र मिश्रका पितापुर्खा सुगौली सन्धीका हर्ताकर्ता थिए । उनको परिवार राजसंस्था समर्थक मानिन्छ ।

हाल वाममोर्चाका कट्टर समर्थक उपेन्द्र देवकोटा मन्त्री भएका थिए ज्ञानेन्द्र राजामा शक्तिको उन्माद चढेका बेला । त्यतिबेला उनी झण्डै मन्त्री भएका थिए । तर, उनको रोमान्टिक व्यक्तित्व मन्त्री पदको लामो तगारो बनेको थियो ।

हुन त केही भएन । उनी सार्वजनिक जीवनका लागि योग्य व्यक्ति होइनन् भन्ने देखियो । यसबाहेक उनले अहिले उकेली रहेका आदर्शहरुलाई झुठ सावित गर्‍यो । नेपाली समाजमा रहेको पत्रकारहरु यस्तै हुन् भन्ने मान्यताको पुष्टि गर्‍यो ।

रवीन्द्रको कथामा के हो के होइन भन्ने निर्क्यौल दुई हिसाबले गर्न सकिन्छ। पहिलो कम्पनीको तर्फबाट सोधखोजका लागि मलाई लण्डन पठाउने । त्यो कम्पनीका हाकिमहरुले पठाउँदैनन् । दोश्रो, मेरा चिनजानका सहयोगीहरुले दिएको सूचनाको प्रशोधन गर्दै लेख्दै गर्ने ।

रवीन्द्रलाई बीबीसीमा यस्ता नेपालीले हायर गरेका थिए जसलाई सुन्दर केटोलाई काम दिएर आफ्नी छोरी बिकाउनु थियो । रवीन्द्रले बीबीसीमा जागिर खान कुनै प्रतिस्पर्धा गर्नुपरेन । उनको अनुहार नै काफी थियो । उनले आफनो रेडियो स्तम्भ ‘नेपाल सन्दर्भ’ जेरोमी प्याक्समानको न्यूज नाइटकै शैली कपी गरेर तयार पारेको आरोप उनका त्यतिबेलाका सहकर्मीहरू लगाउँछन् । रविन्द्र मिश्रलाई अर्काको सिर्जना चोरको आरोप समेत लागेको छ ।

बीबीसीमा काम गर्दागर्दै उनले मनुज चौधरीका नाममा एक साप्ताहिकमा स्तम्भ चलाएका थिए । यो स्तम्भ मार्फत् उनले तत्कालीन राजा ज्ञानेन्द्रको सेवा चाकरी गरेका थिए । चाकरीसँगै अधिनायकवादको पक्षमा वकालतसमेत गरेका थिए । बीबीसी जस्तो पत्रकारिताको सिद्धान्त र धर्ममा विश्वास राख्ने संस्थाका पत्रकारका लागि अरु कुनै संचार माध्यममा लेख्नु ठीक होइन । यसलाई पत्रकारिताको अनैतिक पक्षका रुपमा हेरिन्छ ।

अनैतिकताबाट जोगिन उनले आफ्नो नाम नै फेरेर लेखे । पछि लेखेका विषयले फाइदा पुग्ने देखेपछि मै हुँ मनुज कबोल गर्न भ्याए र भूमध्य रेखा नामको कितावमा ती सबै संकलन गरे ।

रवीन्द्रमाथि तीनजना महिला कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप लागेपछि छानविन गर्न बीबीसी व्यवस्थापनले लण्डनमा दुई दुई पटक आन्तरिक र बाह्य ट्रिव्युनल गठन गरेको थियो ।

त्यही छानविनका आधारमा उनलाई नेपाल पठाइएको हो । त्यसको केही समयपछि उनको सेवा समाप्त गरिन लागेको सूचना दिइएको थियो । बीबीसीको सेवामा रहेर बीबीसीको भन्दा आफ्नै प्रमोसन बढी गरेकोमा बीबीसी हेडअफिस बुस हाउसका अधिकारी सन्तुष्ट थिएनन् ।

रवीन्द्रले जो जोसँग दुर्व्यवहार गरे तीमध्ये कुनै पनि महिला यसबारे अहिले बोल्न तयार छैनन् । बडो मेहनतका साथ परिवारसहित बस्न थालेका महिलाहरु यसमा किन लाग्नु भनेर चूप छन् । लोअर मिडल क्लास र मिडिल क्लास वर्गका नारीहरु आफूविरुद्ध भएको अपराधका बारे बोल्न सक्छन् ?

(पहिलो पोष्ट डटकममा छापिएको किशोर नेपालको लेखबाट साभार)

Published : Tuesday, 2017 December 5, 4:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया