कांग्रेसका नेता लेखकको घरमा बम बिस्फोट

कञ्चनपुर, १९ मंसिर । नेपाली कांग्रेसका नेता एवम् कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखकको बेदकोटनगरपालिकास्थित घरमा बम बिस्फोट भएको छ ।

सोमबार साँझ सवा सात बजे मोटर साइकलमा चढेर आएको समूहले उक्त बिस्फोट गराएको हो । बम बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दले बताए ।

घरको आगनमा ठूलो आवाज आएपछि घरमा रहेका नेता लेखकका आमा बुबा र छोरी तर्सिएका थिए । बम बिस्फोटका बेला नेता लेखक भने चुनावी प्रचारमा भीमदत्तनगरपालिका थिए ।

कुन प्रकारको बम बिस्फोट गराएको हो ? त्यसका विषयमा नेपाली सेनाले अनुसन्धान गरिरहेको एसपी चन्दले बताए । उनले भने, ‘सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’

बम बिस्फोट गराउनेहरुको व्यापक खोजी भइरहेको चन्दले जानकारी दिए । बम बिस्फोटपछि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । घर बाहिरबाट नेता लेखकको घरलाई निसाना बनाएर बम बिस्फोट गराएको भए पनि उक्त बम आगनमा बिस्फोट भएर ठूलो आजाव आएको नेता लेखकका निजी सचिव जनक भट्टले बताए ।

निर्वाचनको पूर्व सन्ध्यामा लोकप्रिय उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट गराउने निर्वाचनमा पराजित मानसिकता भएको भन्दै दोषीमाथि कडा कारवाही गर्न नेपाली कांग्रेस कञ्चनपुरले सरकारसँग माग गरेको छ ।

सोमबार नै काठमाडौंको बुढानिलकण्ठमा कांग्रेसका अर्का लोकप्रिय नेता गगन थापामाथि बम बिस्फोट गराएपछि थापा घाइते भएका छन ।

Published : Tuesday, 2017 December 5, 9:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया