यी हुन् दाइजो मागेर पत्नीलाई घर निकाला गर्ने एमालेका उम्मेदवार

चन्द्रौटा । पूर्वकानूनमन्त्री एवं एमालेबाट कपिलवस्तु क्षेत्र नं. २ मा प्रतिनिधी सभा उम्मेदवार बृजेशकुमार गुप्ताले दाइजो नल्याएको भन्दै श्रीमती संगीता गुप्तालाई घरबाट निकाला गरेको आरोपमा गाउँलेहरूले आक्रोश व्यक्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल छाडेर एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर प्रतिनिधी सभामा उम्मेदवारी दिएका गुप्ता लोभी नेता रहेको भन्दै स्थानीयले मतदान नगर्न अपील गरेका हुन् ।

भारत माइती भएकी पत्नी संगीताले स्कार्पियो सीआडीई मोडलको सवारी साधन दिन माग गर्दै आफूमाथि हिंसा भएको भनेर काठमाडौंमा पत्रकार सम्मेलन समेत गरेकी थिइन् । बृजेश र संगीताबीच सात वर्षअघि विवाह भएको थियो ।

श्रीमती गुप्ताले आफूलाई घर फर्किए हत्या गर्ने धम्की बृजेशले दिएको बताएकी थिइन् । त्यस बेला ४ महिनादेखि घर जान नपाएको बताउँदै संगीताले राष्ट्रिय महिला आयोगदेखि विभिन्न स्थानमा धाए पनि न्याय नपाएको गुनासो पोखिन् ।

आफूलाई पतित प्रमाणित गर्न घरमा काम गर्ने नोकरबाट आफूमाथि दुब्र्यहार समेत गर्न लगाएको भन्दै उनले तत्काल सम्बन्ध विच्छेद नगरे मार्ने चेतावनी दिएको बताए ।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाँईले सभासद गुप्तालाई यस विषयमा छलफल गर्न चारपटक बोलाए पनि बेवास्ता गरेर नआएको जानकारी दिएकी छिन् । उनले भनिन्, ‘अरु भएको भए प्रहरीले समातेर ल्याउँथ्यो, शक्तिशाली ब्यक्ति भएकाले नल्याएको होला ।’

पत्नीलाई समेत अन्याय गर्ने एमालेका नेता गुप्तालाई स्थानीयले निर्वाचनमा भोट नदिएर दण्ड दिनुपर्ने बताएका हुन् ।

तराईमा दाइजोको विषयमा दिनहुँ हिँसा हुँदै आएका छन् । मन्त्री भइसकेको व्यक्तिले पत्नीलाई यसरी अन्याय गर्दा स्थानीयले गुप्ताविरुद्ध निर्वाचनमा ठूलो सजाय दिन अपील गरेका हुन् ।

Published : Monday, 2017 December 4, 7:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया