एमालेका उम्मेदवार केसीको खुल्यो पोल, मिटर व्याज र सुन तस्कर

तुलसीपुर । दाङ जिल्लामा बाम गठबन्धनको तर्फबाट क्षेत्र नं. ३ मा प्रतिनिधी सभातर्फ उम्मेदवारी दिएका एमालेका नेता हीराचन्द्र केसी सुन तस्कर रहेको खुलासा भएको छ ।

केसीको गाडीमा अवैध सुन तस्कर भएको भन्दै दाङको अमिलियाबाट पक्राउ प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । पछि एमालेका नेताहरूको दवावमा केसीको गाडी छोडिएको भन्दै सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको थियो ।

भदौं २३ गते रातिको घटना हो । बा ११ च ९६२६ नम्वरको हुण्डाई कम्पनीको टक्सङ गाडीलाई सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । केसीको गाडी झण्डै १५ घण्टासम्म इलाका प्रहरी कार्यालय तुलसीपुरको कम्पाउण्डमा राखिएको थियो ।

एमालेका नेताहरूको दवाव थेग्न नसकेपछि प्रहरीले केसीको गाडी छाडिदिएको थियो । उक्त गाडी एमाले नेता तथा अहिले दाङ क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभाका उम्मेदवार रहेका केसीको रहेका कारण प्रहरीले विना अनुसन्धान नै छाड्न परेको थियो । एमालेका नेता केसी तुलसीपुर बजारमा सुन पसलका सञ्चालक गर्दै आएका छन् ।

केसीको गाडीमा केही भेटिएन भनेर प्रहरीले छाडेको थियो । त्यति मात्रै होइन सो गाडीमा गाजा पनि भेटिएको प्रहरी स्रोतको भनाइ छ । एमाले र प्रहरी मिलेर सो घटनालाई गुपचुप राख्ने ठूलो प्रयास गरेको थियो ।

केसीले सुनपसलमार्फत मिटर व्याजमा पैसा लगानी गर्ने गरेको पनि खुल्न आएको छ । स्रोतका अनुसार एमालेका नेता केसीले चर्को व्याज असुल्ने गरेको एक पीडितले बताए ।

Published : Monday, 2017 December 4, 6:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया