उपेन्द्रको पत्रकार सम्मेलनले माओवादी आत्तियो

राजविराज । चुनाव प्रचार प्रसारमा निकै नै व्यस्त रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार बिहान अत्यन्तै प्रसन्नमुद्रामा प्रस्तुत भएका छन् । आत्मविश्वास र मुस्कानका साथ पत्रकार माझ देखिएका यादव आफ्नो जीत सुनिश्चित भइसकेको सुरुमै दाबी गरे ।

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि राजविराजमा प्रेस फोरम नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले चुनावअघि नै आफ्ना प्रतिस्पर्धी पराजित भइसकेको बताए । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका यादव खुशी त देखिए नै भारी मतले विजयी हुने विश्वास समेत व्यक्त गरे ।

यादवले भने, ‘प्रतिस्पर्धा त परै जाओस्, मतका हिसाबले मेरा प्रतिस्पर्धी मेरा छेउछाउ पनि हुन्नन् । म उत्साहजनक मतले जित्न गइरहेको छु ।’ जनताले आफूलाई धेरै माया गरेकाले बिना प्रतिस्पर्धीकै आफूले जीत हात पार्ने यादवले बताए ।

फोरम नेपालका अध्यक्ष यादवले प्रदेश २ मामधेसी गठबन्धनको बहुमत आउने समेतदाबी गरेका छन् । मधेश गठबन्धनको बहुमतसंगै मधेश सरकार र मधेश प्रदेश गठन गर्ने यादवले बताए ।

Published : Monday, 2017 December 4, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया