दाङमा यस्तो देखियो कांग्रेसको पोजिसन, बाम गठबन्धनको पसिना छुट्यो

तुलसीपुर । प्रतिनिधी सभा तथा प्रदेस सभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा पहिलो चरणको मतदान सम्पन्न भइसकेपछि अब मुलुक दोस्रो चरणको निर्वाचन होम्मिइसकेको छ । मंसिर २१ गते दाङ लगायत देशका ४५ जिल्लामा हुने निर्वाचनको संघारमै रहँदा चुनावी रौनकताले छाएको छ ।

उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी नेता कृष्णबहादुर महरादेखि केन्द्रीय राजनीतिमा सम्भावना बोकेका नेताहरू दीपक गिरी र शंकर पोख्रेल चुनावी मैदानमा छन् । केन्द्रीय राजनीतिमा हैसियत बनाएका नेताहरूलाई आफ्नै विरासतको चुनौती छ ।

महराको हैसिएत राष्ट्रिय राजनीतिमा उँचो हो । तर, कहिले रोल्पा त कहिले दाङबाट चुनाव लड्ने उनको अस्थिर चरित्रले दङ्गाली जनतावीच उनको परिचय टुरिष्ट उम्मेदवारकै छ । यसकारण पनि जनतावीच महराप्रति विश्वास घटेको छ । टिकट पाउनकै लागि कृष्णबहादुर महरा र शंकर पोख्रेलवीच जुहारी नै चलेको थियो । बाम गठबन्धन बनेपछि दाङ क्षेत्र नं. २ मा महराले बाजी मारे । पोखरेल प्रदेशमा घटुवा भए ।

दाङको २ नं. क्षेत्रवाट प्रतिनिधी सभा सदस्यको टिकट महराले पाएपछि एमालेका पोख्रेल प्रदेसतर्फ विस्थापित हुनु पर्‍यो । दाङको २ नं. (१) पोख्रेलका लागि नयाँ नै हो, जहाँबाट पाख्रेलले आफैलाई मतदान गर्न पाउदैनन् । पोखरेल क्षेत्र नं.२ नं. (२) का वासिन्दा हुन् । यस अर्थमा महरालाई कांग्रेसका युवा एवं जुझारु नेता राजु खनालले तथा प्रदेशतर्फ शंकर पोख्रेललाई कमलकिशोर घिमिरेले कडा टक्कर दिने छन् । यस अर्थमा चुनावी नतिजा यसै भन्न सकिन्न ।

यदि मतदाताले बुझे जस्तै महरा टुरिष्ट नेताकै रुपमा सीमित भए भने राष्ट्रिय राजनीतिमा कांग्रेसका खनालको दरो उपस्थिति हुने देखिन्छ ।

खुमबहादुर खड्का, बलदेव शर्मा मज्गैयाँपछिका अर्का स्थापित नेता दीपक गिरीलाई कांग्रेसले दाङ जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका रुपमा अघि सारेको छ । कांग्रेसका उर्जाशील नेता गिरी पूर्व मन्त्री पनि हुन् । गिरीविरुद्ध एमालेले जिल्ला सचिव हीराचन्द्र केसीलाई उम्मेदवार बनाएको छ ।

एमालेमा लामो संघर्ष गरेका पुराना नेतालाई टिकट नदिएर पैसाको आडमा केसीलाई टिकट दिइएको भन्दै एमालेकै पुराना नेताहरू पार्टीप्रति असन्तुष्ट छन् । एमालेभित्रको आन्तरिक विवादले पनि कांग्रेसका गिरीको जित सुनिश्चित रहेको दाङ कांग्रेसले जनाएको छ ।

एमालेका हीराचन्द्र केसी विगत लामो समयदेखि तुलसीपुरमा सुन व्यवसायमा संलग्न छन् । चर्को व्याजमा सर्वसाधारणलाई पैसा लगानी गर्नु र सुन व्यवसायका क्रममा वेलावेला बिवादमा मुछिने गरेकाले पनि केसीको छवि त्यति राम्रो मानिदैन । त्यसैले पनि उनी एमालेका कमजोर उम्मेदवार हुन् । केही साताअघि मात्रै हीराचन्द्र केसी चढ्ने निजी गाडी भदौ २३ गते दमारगाँउबाट सुन तस्करीको आशंकामा प्रहरी पक्राउ गरेको र ठूलो पावर लगाएर केसीले आफ्नो गाडी छुटाएको चर्चा अझै पनि दाङमा सेलाएको छैन ।

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि तीनजना स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् ।

प्रदेस सभातर्फ कांग्रेसले ३ (१)मा सामाजिक अभियन्ताको परिचय बनेका डिल्लीबहादुर चौधरीलाई उम्मेदवार बनाएको छ । उनका प्रतिष्पर्धीका रुपमा माओवादी केन्द्रका जगप्रसाद शर्मा छन् । श्रम तथा रोजगार राज्य मन्त्री समेत रहेका चौधरीका सामुन्ने माओवादी कमजोर छ ।

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) तर्फ ७ जना उम्मेदवार छन् । तीमध्ये कांग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारी र वाम गठबन्धनबाट एमालेका उत्तरकुमार ओली मुख्य प्रतिस्पर्धी हुन् । सादगी व्यक्तित्व बनाएका पुराना नेता भण्डारीको प्रतिष्पर्धामा एमालेका उम्मेदवार ओली कमजोर व्यक्ति हुन् । उनी आफ्नै पार्टीकि कार्यकर्तालाई यौन शोषण गरेको आरोपमा पार्टीबाटै कारवाही परी सफाई पाएका व्यक्ति हुन् । ओली म्यानपावर व्यवसायी पनि हुन् ।

कांग्रेसका भण्डारीले ०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेका शंकर पोख्रेललाई हराएका थिए ।

पटक पटकको ठगी मुद्धामा मुछिएका एमालेका ओलीसँगै नेकपा (माले)का टोपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका देवबहादुर कामी, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा प्रतिस्पर्धामा छन् ।

दाङ क्षेत्र नं. १ तर्फ प्रतिनिधी सभा उम्मेदवार कांग्रेसकी सुशीला चौधरी र एमालेका मेटमनी चौधरीवीच प्रतिष्पर्धा छ । प्रदेशसभातर्फ कांग्रेसका जानकिलाल बस्नेत र एमालेका रेवतीरमण शर्मा तथा कांग्रेसका प्रदीप थापा र माओवादी केन्द्रका ईन्द्रजीत थारुवीच प्रतिष्पर्धा छ । क्षेत्र नं. १ मा पनि नेपाली कांग्रेस बाम गठबन्धनभन्दा निक्कै बलियो अवस्थामा रहेको दाङ कांग्रेसको सूचना केन्द्रबाट जारी प्रेस नोटमा उल्लेख छ ।

Published : Monday, 2017 December 4, 12:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया