माओवादीका उमेश यादवले घुसको ४२ लाख खर्च गर्दै

काठमाडौं । वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवले सिचाइँ मन्त्री हुँदा ४२ लाख कुम्ल्याएको घुसकाण्ड यतिबेला फेरि चर्चामा छ ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधी सभाका उम्मेदवार यादवको क्षेत्रमा घुसकाण्ड भाइरल बनेको छ ।
प्रचण्ड नेतृत्वको सरकारमा यादव सिचाइँ मन्त्री बनेका थिए । त्यस बेला मन्त्रालयमा कर्मचारीहरूसँग घुस मागेर आजित बनाएका थिए । उनले सो रकम सप्तरी क्षेत्र नं. २ मा वितरण गर्न सक्रिय भएको आरोप स्थानीयले लगाएका छन् ।
यादवको घुस्याहाबानीले गर्दा मन्त्रालय र विभागका कर्मचारी आजित बनेका थिए । मन्त्री हुँदा उनी पटकपटक विवादमा आइरहे । माओवादी कोटाबाट सिचाइँ मन्त्री बनेका यादवले आफ्नो कार्याकाल प्रारम्भ भएसँगै केही न केही उटपट्याङ हर्कत गर्दै आएका थिए ।
कमाउँधन्दामा लागेका यादवलाई माओवादीले मन्त्री बनेको दुई महिनामै फिर्ता बोलाउन पनि खोजेको थियो । यादवले प्रचण्डलाई रोइकराई गरेर पद थमौती गरेका थिए ।
पहिलो संविधानसभामा संविधान बनाउन नदिएर संसदमा कुर्सी भाँचेर चर्चा कमाएका यादवलाई प्रचण्डको निगाहमा मन्त्री बनाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत