केपी ओलीका खास मान्छे कांग्रेसमा प्रवेश

दैलेख । दैलेख जिल्लामा माओवादीको द्वन्द्वको घाउ अझै निको हुन नसकेको अवस्थामा वामपन्थी गठवन्धनबाट लोकतान्त्रिक गठवन्धन तर्फ पार्टी प्रवेश गर्नेको आकर्षण देखिएको छ ।

चुवानी सभाहरूमा कांग्रेसमा प्रवेश गर्नेको संख्यामा बढिरहेको छ । द्वन्द्वको समयमा निकै नै प्रभावित क्षेत्र रहेको नौमुले गाउँपालिकाका निवासी एमाले दैलेख जिल्लाका संस्थापक भनेर चिनिने विद्याप्रसाद शर्मा कांग्रेसमा प्रवेश गरेका छन् । शर्मा एमालेका अध्यक्ष केपी ओलीका खास नेता भनेर चिनिदै आएका थिए ।

एमाले भएर दैलेखमा शुरुदेखि संगठन विस्तारका लागि जिल्लाका दुर्गम स्थानहरूमा गएर काम गरेका उनी कांग्रेसमा प्रवेश गरेका हुन् । माओवादीको ज्यादती सम्झिएर शर्माले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।

एमालेको संगठन विस्तारमा स्वर्गीय पत्रकार साथी डेकेन्द्र थापासँगै गाउँगाउँमा हिँडेको याद अझै पनि आउने उनले बताए । त्यसरी निर्मम हत्या गरिएका आफ्नो साथी डेकेन्द्र थापा सहित साथीहरुले विस्तार गरेको पार्टी एमालेले त्यहि डेकेन्द्रलाई मार्ने पार्टीसँग तालमेल गरेकोले पनि एमाले छोडनु परेको बताए ।

मान्छे मार्ने पार्टीको गठवन्धनले कहिले पनि चुनाव जित्दैन भन्दै शर्माले अबको जित लोकतन्त्र पक्षधरको भएको बताए ।

कांग्रेसको चुनावी प्रसार प्रसार सचिवालयमा गरेको एक कार्यक्रममा नौमुले गाउँपालिकाबाट नेकपा एमाले र नेकपा एमाओवादी छोडेका ४ जना ईलाका स्तरीय नेताहरले कांग्रेसमा प्रवेश गराउँदै लोकतान्त्रिक गठवन्धन प्रदेशका उम्मेदवार जगतजंग थापाले कांग्रेसले सदैव जनताको बीचमा बसेर जनताको लागि काम गर्दै आएको बताए ।

Published : Sunday, 2017 December 3, 8:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया