बाँदर मार्ने भनेर साढुदाईको हत्या गर्ने पक्राउ

काठमाडौं । आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ वर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

पुनले गढुवा गाउँपालिका वडा नं. ३ सपैला निवासी आफ्नै साढुभाई नातापर्नै २६ वर्षीय रामलाल पुरीलाई जंगलमा बाँदर मार्न भनि लगेर गोलि हानेर हत्या गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको एसपी सिंहले जानकारी दिइन् ।

मंसिर ९ गते मध्यान्हः १२ बजेतिर नजिकैको गढुवा गाउँपालिका वडा नं. ५ स्थित राष्ट्रिय जंगलमा बाँदर मार्न जाउँ भनि लगेको तर पुनले भरुवा बन्दुकले गोलि हानी पुरीको हत्या गरेको कुरा अनुसन्धानवाट खुल्न आएको एसपी सिंहले बताइन् ।

पक्राउ परेका पुनमाथि कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Published : Sunday, 2017 December 3, 9:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया