एमालेका विष्णु पौडेलले मध्यरातमा नागरिकता लुटेको खुलासा, भयो १० वर्ष यस्तो धोका

भैरहवा । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले रुपन्देही जिल्लाको रामनगरसहितका स्थानका सुकुम्वासीमाथि १० वर्षदेखि आश्वासन बाँडेर धोका दिँदै आएको खुलासा भएको छ ।

२०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा पौडेलले सुकुम्वासीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनले त्यतिबेला रुपन्देहीमा आयोजित सभामा सुकुम्वासीहरुलाई खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, रोजगार, सडक निर्माण अत्यावश्यक रहेको भन्दै आफूले पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, उनले आज १० वर्ष भइसक्दा पनि सुकुम्वासीका लागि एउटा सिन्कोसम्म भाँचेका छैनन् । आजसम्म पनि सुकुम्वासीको समस्या समाधान भएको छैन् । कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार काजीमान श्रेष्ठले पनि एमालेका नेता विष्णु पौडेलले विगत दश वर्षदेखि सुकुम्वासीलाई धोका दिएको बताए ।

फेरि अहिले आएर पौडेलले तिनै एजेण्डा पूरा गर्ने भन्दै वाम गठबन्धनका उम्मेदवारका लागि भोट माग्दै हिडेका छन् । सुकुम्वासी वस्तीका एक बासिन्दा नारायण केसी भन्छन्, यो वाम गठबन्धनको चुनाव जित्ने षडयन्त्र हो ।

१० वर्षअघि पनि यही सपना बाँडेका थिए, आज पनि त्यही एजेण्डा लिएर भोट माग्न आएका छन् । हामी उहाँलाई कुनै हालतमा भोट दिन्नौं । हामीलाई धोका दिनेलाई यसपाली जवाफ दिन्छौं ।

Published : Saturday, 2017 December 2, 10:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया