उपेन्द्र यादवको जीत अर्थात् गजेन्द्रबाबुप्रतिको सच्चा श्रद्धाञ्जलि

सप्तरी । २०५४ को आम निर्वाचनलाई चाहेर पनि सप्तरीबासी बिर्सन सक्दैनन् । उक्त निर्वाचनमा स्वर्गीय नेता गजेन्द्रनारायण सिंहले भोगेको पराजय अझै पनि अधिकांश सप्तरीवासीको मन:मष्तिस्कलाई घोचिरहेको हुन्छ । विभिन्न चुनावी नारामा अल्झिएर, जातीयताको चंगुलमा फसेर, कतै सानातिना स्वार्थ त कतै मनभित्रको क्षणिक आवेग, द्वेश र अहंबस नै त्यतिवेला गजेन्द्र बाबु क्षेत्रका बहुसंख्यक मतदाताले उनीविरुद्ध मतदान गरेका थिए ।

लहलहैमा त्यतिवेला गरिएको मतदानले दुई दशक पछि पनि भित्रभित्रै आत्मकुण्ठा दिई राख्छन् भनि कसैले सोचेका पनि थिएनन् । तर त्यतिवेलाको त्यो निर्वाचन परिणामलाई सम्झेर आम मतदाता मात्रै नभई कााग्रेसका तत्कालिन नेता कार्यकर्ताहरुलाई पनि पछुतो भईरहेको छ । ०५४ को आम निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईवाट स्व. गजेन्द्रवावु चुनाव उठेका थिए र कााग्रेसका उम्मेदवार रामकुमार चौधरीसाग १७ मतको झिनो अन्तरले पराजित भएका थिए ।

‘गजेन्द्र नारायण सिंह राजपुत हुन्, राजपुत सामन्ती हुन्छ, सधै राजपुत नै किन ?, राजपुत ब्राम्हण बाहेकका हामी पिछडावर्ग जातीकाहरु कहिले नेता बन्ने ?, ४/५ सिट जित्ने सद्भावनाले कस्तो विकास गर्ला ?, विकास र लोकतन्त्रको रक्षाका लागि कााग्रेस जिताउनु पर्छ ?, यस अघि पनि गजेन्द्रबाबु जितेर गएका थिए के उनले के गरे त ?’ जस्ता कुतर्कहरु त्यतिबेला गजेन्द्रबाबु विरुद्ध फैलाइएको थियो । तिलाठी निवासि ७० बर्षिय योगेन्द्र झा प्रतिबन्धित कालदेखिनै नेपाली कााग्रेससाग आवद्ध रहेका छन् ।

‘त्यतिवेला कााग्रेसलाई जिताउने भन्दा पनि गजेन्द्र बाबुलाई हराउने तर्फ सबै शक्तिहरु केन्द्रीत भएका थिए’, झाले भने, ‘एकातिर तल्लो र उपल्लो जातिको नारा दिईदै थियो तर तिलाठी जहाा बहुसंख्यक उपल्लो जातिका मतदाताहरु छन् त्यहाा गजेन्द्रनारायण सिंहले त आफ्नो चुनावी भाषणमा तिलाठीलाई माइनस गरेरै पनि आफु जितिरहेको छु रे भनेका छन्, भनि भ्रामक प्रचार गरियो ।’ दुई दशक अघि स्मार्ट फोन तथा डिजिटल क्यामेराहरु हात हातमा आईसकेको अवस्था थिएन । न त सञ्चार जगत नै आजको जस्तो विकसित स्वरुप धारण गर्न सकेको थियो ।

‘गजेन्द्र बाबुको महत्व त्यतिबेला हामिले बुझ्नै सकेनौ, न त उनले उठाएका राजनीतिक मुद्दाकै महत्वलाई बुझने प्रयास गर्‍यौ’, झा भन्छन्, ‘कुनै नेताप्रतिको व्यक्तिगत द्वेश वा घृणा आफ्नो ठाउामा हुन्छ तर उसले उठाएका राजनीतिक मुद्दा वा मुलुकको राजनीतिमा ती व्यक्तिको महत्वलाई खयाल गरेर हामिले मतदान गर्नसक्नु पर्छ ।’ गजेन्द्र बाबुले उठाएको ‘मधेशवाद’ को महत्व बुझेको भए यसभेगका मतदाताहरुलाई ०५४ को त्यो परिणामले अहिलेसम्म आत्मग्लानी हुने थिएन ।

मूलधारको नेपाली राजनीतिमा मधेशवादको अजेण्डा उठाउने पहिला व्यक्ति गजेन्द्रनारायण सिंह नै हुन् । सप्तरीको कोईलाडी निवासी सिंहले आफ्नो राजनीतिक जिवनको थालनी कााग्रेसबाटै गरेका थिए । तराई कााग्रेस र सद्भावना परिषद् हुादै उनी नेपाल सद्भावना पार्टीको स्थापना गरे । सप्तरीवाट उनी दुई पटक निर्वाचित भई संसद पुगे । मन्त्री पनि भए । यद्यपी ०५४ को निर्वाचन उनको राजनीतिक जीवनको अन्तिम निर्वाचन रहियो । चुनावमा पराजय पश्चात उनको राजनीतिक प्रतिष्ठामा पनि ठेस पुगेको थियो । बिस्तारै पार्टी पनि कमजोर हुादै गए र अन्तत: उनको निधन भयो ।

गजेन्द्र बाबु चुनाव नहारेका भए अझै केहि समय बाच्ने थिए भन्नेहरु पनि सप्तरीमा थुप्रै छन् । उनको मृत्यु पश्चात सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरु भित्रभित्रै कठोर पीडाको अनुभुति गरेका थिए । ‘गजेन्द्रबाबुको निधनको खवर पछि यस क्षेत्रका ग्रामिण भेगका कयौ घरमा खाना सम्म पाकेको थिएन’, ६५ बर्षिय बद्री मुखिया भन्छन्, ‘त्यो दिन हामी रोएका थियौ, तल्लो उपल्लो जातको नारामा फसेर उहाालाई मतदिन नपाएको पछुतो अझै पनि छ ।’

मुलुकमा ०६२/०६३ को ठूलो राजनीति परिवर्तन नभएको भए गजेन्द्र बाबुको पराजयपछि बिस्तारै सेलाउादै गएको मधेशको मुद्दा उनको निधनसागै इतिहासको पानाभित्र सीमित हुने थियो । किन भने त्यसपछि कुनै पनि मधेशी नेताले मधेशकै मुद्दामा राजनीति गर्न सक्ने आाट गर्ने थिएन । ‘आखिर किन गर्नु, लोकतन्त्रमा राजनीतिक मुद्दा स्थापनाको मूल आधार भनेको निर्वाचन हो तर, निर्वाचनकै बेला त्यस मुद्दालाई मतदाताले खारेज गरिदिएपछि त्यस्तो मुद्दाको आधारमा राजनीति गर्नुको के औचित्य ?’, प्रश्न गर्दै पूर्व सभासद समेत रहेको प्राध्यापक शिवचन्द्र मिश्र भन्छन्, मूलधारका राजनीतिक दलहरुले तराई/मधेशलाई बाईपास गरिदिएपछि स्वर्गिय गजेन्द्रबाबुले मधेशको मुद्दा अघि सार्दै राजनीति थाले तर जनताले तीनै मुद्दाको पक्षमा मत दिएन भने राजनीतिक अभियान अगाडि बढाउन निकै गार्‍हो हुन्छ ।’

तर भनिन्छ, महापुरुषले थालेका महान अभियानको कहिले पनि अन्त्य हुादैन । गजेन्द्र बाबुले थालेका अभियान पनि निरन्तर जारीनै रहियो । र उनले थालेका ती अभियानलाई निरन्तरता दिन उपेन्द्र यादव अघि सरे । मधेशवादको राजनीतिमा उपेन्द्र कसरी आए, किन आए, उनलाई कसले ल्याए, कसले सघाए भन्ने बारे नानाथरिका चर्चा परिचर्चा चलिरहेका छन् । यद्यपी एउटा यथार्तता के हो भन्ने गजेन्द्र बाबुपछि मधेशवाद, मधेशको मुद्दा र मधेश आन्दोलन सबैलाई निरन्तरता दिने नेतृत्वकर्ता भनेको उपेन्द्र यादव नै हुन् ।  गजेन्द्रबाबुको सद्भावना परिषद् जस्तै उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम पनि सुरुमा गैर सरकारी संस्था नै थियो र उक्त संस्थाकै ब्यानरमा ऐतिहासिक मधेश आन्दोलन पनि गरे । विभिन्न विरोधका विच पहिलो संविधान सभा चुनावमा भाग लिन फोरमलाई गैर सरकारी संस्थावाट राजनीतिक दलमा परिणत पनि गरे ।

चुनाव जिते, मन्त्री भए । शत्ता र शासनमा पनि सहभागि भए । विस्तारै पार्टीमा फुट हुन थाल्यो र विस्तारै फोरम कमजोर पनि हुादै गए । यद्यपी उपेन्द्रले फोरमलाई कहिले छाडेन । जस्तो सुकै विसम परिस्थितीमा पनि मधेश आन्दोलनको मर्म र भावनालाई सम्मानसहित जोगाएरै राखे । जेपी गुप्ता, विजय गच्छदार, राजकिशोर यादव, सिताराम राय लगायत कयौ ठूला नेताहरु पार्टी फोडेर छुट्टा–छुट्टै फोरमहरु निर्माण गरे । तर एक दशकको अन्तरालमा उपेन्द्र नेतृत्व बाहेकका सवै फोरमहरु हराए ।

गजेन्द्र बाबुले छाडेर गएका राजनीतिक मुद्दालाई जिवन्तता दिनुका साथै उनको राजनीतिक बिरासत पनि मुल रुपमा उपेन्द्र यादवले नै सम्भालेको मधेश मामिलाका अधिकांश जानकारहरुको बुझाई छ । त्यसैले होला साधै जित्दै आएपनि आफ्नो जिवनको अन्तरालमा गजेन्द्र बाबुले चुनावी हार बेहोरेको सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई उपेन्द्रका लागि चुनावी गन्तव्य बन्न पुग्यो । उपेन्द्र यादव सुनसरी र मोरङबाट प्रत्यक्ष राजनीतिमा संलग्न भएपनि मूलत: उनी पनि गजेन्द्र बाबु जस्तै सप्तरी निवासी नै हुन् । यादव आफू मधेशको पहिचान तथा सप्तरीको विकासका लागि सप्तरी आईपुगेको बताउने गर्दछन् । दुई दशक अघि ०५४ को चुनावमा गजेन्द्रबाबुको चुनावी मुद्दा पनि उही थियो ।

त्यतिवेला गजेन्द्रबाबु सद्भावनाका राष्ट्रिय अध्यक्ष हुने गर्थे, अहिले उपेन्द्र फोरमका राष्ट्रिय अध्यक्ष हुन् । सप्तरीमा अधिकांशले यादवलाई गजेन्द्रबाबुको उत्तराधिकारी समेत भन्न थालेका छन् । ‘चुनावी परिणाम जस्तो सुकै आएपनि दुई दशक पछि आफूहरु माझ गजेन्द्रबाबु जस्तै कुनै नेता आएको महशुस गरेकोछु, उक्त क्षेत्रको मतदाता समेत रहेको शिक्षक शिवचरण मण्डल भन्छन्, ‘मधेश आन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै मधेशको मुद्दालाई स्थापित गर्न उपेन्द्र जस्ता नेतालाई संरक्षण गर्नै पर्छ ।’ उपेन्द्रको उम्मेदवारी यस क्षेत्रका मतदाताहरुका लागि आफ्नो गल्ती सच्याउने अवसर रहेको मण्डलको बुझाई छ । ‘त्यतिवेला हामिले गरेको गल्ती सच्याउने अवसर हो यो, उपेन्द्रको जीतले हाम्रो राजनीतिक मुद्दालाई मात्रै स्थायीत्व दिादैनन्, स्वर्गिय गजेन्द्र बाबुप्रति पनि सच्चा श्रद्धाञ्जली हुनेछ ।’

Published : Saturday, 2017 December 2, 7:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया