एमालेको ‘पुच्छर’ बन्ने मन्त्रीलाई कारबाही, मन्त्री र पार्टीबाट निस्काशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पद मुक्त गर्ने निर्णय गरेको छ ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री देउवालाई पत्र पठाई लोकतान्त्रिक गठबन्धनलाई आधात पुर्‍याउने गरेर गतिविधी गरेकाले महामन्त्री पद समेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको बताएका छन् ।

केही दिन अगाडि झापा जिल्लामा राप्रपाबाट झापामा प्रतिनिधी सभामा उम्मेदवार बनेका राजेन्द्र लिङ्देनलाई भोट माग्न चुनावी सभामा एमालेका अध्यक्ष केपी ओलीसँग साँठगाँठ गरेको भनेर राप्रपा (प्रजातान्त्रिक)ले लामालाई कारबाही गरेको हो ।

लामाले सरकारमा बसेर पार्टीको नीति र गठबन्धनको सहकार्य विपरित विपक्षी दल एमालेसँग मिलेको आरोप अध्यक्ष राणाले लगाएका छन् ।

‘राप्रपा (प्रजातान्त्रिक)को सिफारिसमा रेशमबहादुर लामा उद्योग राज्यमन्त्री रहेकोले नेपालको संविधान ०७२ को धारा २९८ उपधारा ९ (ग) बमोजिम निजलाई उद्योग राज्य मन्त्री पदबाट मुक्र गरी दिखनुहुन संविधान बमोजिम सिफारिस गर्दछु’, अध्यक्ष राणाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ ।

Published : Saturday, 2017 December 2, 4:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया