कांग्रेसका युवा नेता प्रदीप पौडेलको घरमा बम विष्फोट

दमौली, ६ मंसिर । तनहुँ जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रदेश सभाका उम्मेदवार प्रदीप पौडेलको घरमा बम विष्फोट भएको छ ।

अपरिचित समूहले शनिबार बिहान करिव पौने पाँच बजे कांग्रेसका युवा नेता पौडेलको गणपतेस्थित निवासमा बम विष्फोट गराएको हो ।
पौडेल तनहुँ क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।

बम प्रहारबाट पौडेलको घरमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

नेपाली कांग्रेस तनहुँले पौडेलको घरमा अपरिचित समूहले गराएको बाम विष्फोटको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

बाम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि, तनहुँ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।

Published : Saturday, 2017 December 2, 7:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया