फेला पर्‍यो महरा-पोखरेलको झुठ, दाङमा कांग्रेस मात्रै सच्च पार्टी (तथ्यसहित)

घोराही । एमाले र माओवादी केन्द्र मिलेर बनेको कथित बाम गठबन्धनले जित्यो भने पाँच नं. प्रदेशको राजधानी दाङ जिल्ला नबने निश्चित प्रायः छ ।

बाम गठबन्धनले हालै घोराहीमा आयोजना गरेको चुनावी आम सभामा एमालेका अध्यक्ष केपी ओलीले पाँच नं. प्रदेशका विषयमा नबोल्नु त्यसैको संकेत हो । एमालेका उपमहासचिव एवम् रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधी सभामा पौडेलले कुनै पनि हालतमा रुपन्देहीलाई ५ नं. प्रदेशको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।

एमालेका उपमहासचिव पौडेलको प्रतिवद्धतामा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टसहितका नेताहरूले साथ दिएका छन् ।

बिहीबार नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा एमालेका उपमहासचिव पौडेलले रुपन्देहीको बुटवल र सैनामैना क्षेत्रलाई जोडेर ५ नं. प्रदेशको राजधानी बनाउने बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईहरू ढुक्क हुनुहोस् भौतिक, प्राविधिक र हरेक दृष्टिकोणले रुपन्देही जिल्ला नै ५ नं. प्रदेशको राजधानी हो । एमालेका कुन उम्मेदवार र नेताले के बोल्छ मलाई थाहा छैन । दाङ ५ नं. प्रदेशको राजधानी होइन ।’

बरु नेपाली कांग्रेसका नेताहरूले दाङलाई राजधानी बनाउन केन्द्रदेखि नै लबिङ गरिरहेका छन् । दाङ राजधानी बन्ने सम्भावना नेपाली कांग्रेसले जित्यो भने मात्रै हुनेछ । कम्युनिष्टहरूले कुनै पनि हालतमा दाङलाई राजधानी बनाउने छैनन् ।

एमालेका उपमहासचिव पौडेलको भनाइलाई पुष्टि हुने गरेर एमालेका अध्यक्ष केपी ओलीले घोराहीमा बाम गठबन्धनले आयोजना गरेको चुनावी संयुक्त आमसभामा ५ नं. प्रदेशको राजधानी र मुख्य मन्त्रीका विषयमा मुख नखोल्नुलाई महत्वका साथ हेरिएको छ ।

एमालेले दाङ क्षेत्र नं. २ ‘क’बाट उम्मेदवार बनेका शंकर पोखरेललाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेको थियो । तर, ओलीले चुनावी आम सभामा पोखरेललाई मुख्यमन्त्रीका रुपमा कुनै पनि सम्बोधन गरेनन् ।

दाङ क्षेत्र नं. २ का प्रतिनिधी सभा उम्मेदवार कृष्णबहादुर महराले आफ्नो प्रतिवद्धता पत्रमा पनि दाङलाई राजधानी बनाउने बताएका छन् । रुकुम जिल्लालाई विभाजन हुनबाट रोक्न नसक्ने महराले दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने कुरा अविश्वासिलो छ ।

महरा दाङ जिल्ला निवासी नै होइनन् । उनी रोल्पाबाट आएका नेता हुन् । महराबाट दाङका जनताले आस गर्ने कुनै पनि ठाउँ नरहेको कांग्रेसका सचिव शंकर डाँगीले बताए ।

दाङका मतदाताहरू कम्युनिष्टहरूको झुठो आश्वासनलाई सजिलै बुझ्न सक्छन् । नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले कम्युनिष्टहरूले दाङका मतदाताहरूलाई झुक्काउने मुख्य मन्त्री र ५ नं. प्रदेशको राजधानीका लोभ देखाएको भन्दै यी दुबै कुरा कम्युनिष्ट पार्टीबाट सम्भव नरहेको बताए ।

दाङलाई राजधानी बनाउने विषयमा नेपाली कांग्रेस जति स्पष्ट छ त्यति स्पष्ट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नरहेको सभापति खड्काले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ प्रतिनिधी सभा सदस्यका उम्मेदवार दीपक गिरीले दाङलाई राजधानी कांग्रेसले मात्रै बनाउन सक्ने बताए ।

‘दाङलाई राजधानी बनाउन मैले उच्च अदालत तुलसीपुरमा ल्याएँ । एमाले र माओवादीले ल्याउन मानेका थिएनन्’, गिरीले भने, ‘प्रहरीको आईजीपी कार्यालय पनि तुलसीपुरमा आएको छ । एमाले र माओवादीले दाङमा जिते भने लेखेर राख्नुस् कुनै पनि हामलतमा दाङ प्रादेशिक राजधानी बन्दैन ।’ कांग्रेस नेता गिरीले कम्युनिष्टहरूको विश्वास र भर नहुने बताए ।

Published : Friday, 2017 December 1, 10:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया