कपिलवस्तुमा वाम गठबन्धनलाई ठूलो झट्का, कांग्रेसमा प्रवेश

चन्द्रौटा । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चा, एमाले, माओवादीसहितका विभिन्न दल छाडेर सयौँ स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको क्षेत्र नं. १ अन्तर्गत मेघौली, बैदौली, मंगलापुरसहितका विभिन्न स्थानमा शुक्रबार भएका चुनावी कार्यक्रमहरूमा स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा धेरै जनमोर्चाका कार्यकर्ता रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका स्थानीय नेता तथा कार्यकर्ताहरूले कम्युनिष्ट पार्टीले जिल्लाको विकासमा ध्यान नदिएपछि कांग्रेसमा प्रवेश गर्नु परेको बताएका छन् ।

‘अधिकार खोस्ने कम्युनिष्ट पार्टीहरूमा रहनुको औचित्य छैन’, राष्ट्रिय जनमोर्चाका स्थानीय नेता खुमानन्द खनालले भने, ‘संविधान बनाएर देशको विकासमा केन्द्रित भएको नेपाली कांग्रेसलाई हाम्रो साथ र समर्थन रहन्छ ।’

कांग्रेस प्रवेश गर्नेमा खुमानन्द खनाल, पार्वती खनाल, पूजा खनाल, पवित्रा आचार्य, लक्ष्मी बिक, मोतीराम भुसाल, खुमकुमार गौतमलगायत रहेका छन् ।

कपिलपस्तु क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट दीपकुमार उपाध्यायले प्रतिनिधी सभामा उम्मेदवारी दिएका छन् ।

पार्टी प्रवेश गराएपछि उम्मेदवार उपाध्यायले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान बनेको छ । यसको कार्यान्वयन पनि कांग्रेसले मात्रै गर्छ । तपाईहरूको भोटको कदर कांग्रेसले गर्नेछ ।’

Published : Friday, 2017 December 1, 6:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया