सिरहामा उम्मेदवारलाई लक्षित गरी विष्फोट

सिरहा । प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको औरहीस्थित घर नजिकै करेसाबारीमा बिहीबार राती शक्तिशाली विष्फोट भएको छ ।

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ औरहीस्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा राती साढे ८ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति मात्र पुगेको छ ।

विष्फोट स्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

औरही गाउँपालिकाका अध्यक्ष तथा सुरेशका भतिज सिद्धार्थ यादवका अनुसार विष्फोटको समयमा उम्मेदवार काका कार्यकर्ताहरुको साथमा चुनाव प्रचार प्रसार गरी घर फर्किएका थिएनन् ।

वि.सं. २०४८ र ०५१ को आम निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव कांग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

Published : Friday, 2017 December 1, 9:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया