कांग्रेसको जित देखेपछि कम्युनिष्टहरूले गरे यस्तो ‘खेल’

धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले आसन्न निर्वाचनमा पराजित हुने स्थितिमा पुगेको बामगठबन्धनले कांग्रेसका नेताहरूबीच बैमनश्यता भएको अफवाह फैलाएर जातीय मतलाई विगार्न खोजेको आरोप लगाएको छ ।

बिहिबार धरानमा पत्रकार सम्मेलन गरी नगर समितिले सुनसरी १ मा लोकतान्त्रिक गठबन्धनको पक्षमा देखिएको चुनाबी माहोल र जनलहरबाट आत्तिएर आफ्ना केन्द्रीय सदस्य एबम बाणिज्यमन्त्री मीन बिश्वकर्मा र सुनसरी १ ‘क’ का प्रदेश उम्मेदवार किशोर रार्इबीचमा बाझाबाझ र कुटाकुट भएको झुठा, तथ्यहीन र काल्पनिक अफवाह फैलाएको आरोप लगाएको छ ।

मन्त्री विश्वकर्माले समाचारमा लेखिएको कुरा शतप्रतिसत भ्रामक र झुटो भएको बताए । आफू वरिपरी सुरक्षाकर्मी र स्वकीय सचिब लगायत पाँच सात जना मान्छे जतिबेलै रहेने बताउदै प्रदेश उम्मेदवार रार्इसंग बिगत बीस वर्षदेखि संगै काम गरिरहेको बताए । बिश्वकर्माले आफूहरू बीचमा हानाहान गर्नुपर्ने कारण नै नभएको बताउदै भने, ‘हामो सम्बन्ध नङ र मासु जस्तो छ । किशोरजी र म बीचमा हानाहान गर्नुपर्ने कुनै कारण नै छैन ।’

मन्त्री विश्वकर्माले छापामार शैलीमा भैरहेका आपराधिक गतिविधी बिरुद्द सरकार कडाइका साथ प्रस्तुत भएको बताउँदै आपराधिक गतिविधिलार्इ नियन्त्रण गर्न बिशेष टोली परिचालन गरिसकेको बताए ।

सुनसरी १ ‘क’ का प्रदेश उम्मेदवार किशोर राइले आफूहरूबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको बताए । उनले यस्ता कपोल कल्पित र झुठा कुराका पछाडि नलाग्न पत्रकार र सर्बसाधारणलाइ आग्रह गरे ।

Published : Thursday, 2017 November 30, 5:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया