कम्युनिष्टहरू भ्रम छरेर भोट लिन्छन् : चौरसिया
वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिभिसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बामपन्थीहरूले एकताको नाममा जनतामा भ्रम छरेर भोट लिने प्रपञ्च गरेको आरोप लगाएका छन् ।
पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदरमाई नगरपालिकाको बैरिया विर्तामा बुधबार घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै नेता चौरसियाले कांग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यथार्थ अब नेपाली जनताले बुझी सकेकोले हिमाल, पहाड तराई चारैतिर कांग्रेसले बहुमत ल्याउने दाबी गरे ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका रामरुप कुर्मी, श्याम पटेल, मोतीलाला यादव, पूर्व गाविस अध्यक्ष रामप्रसाद यादव, गोपालप्रसाद कुर्मी, बहुदरमाईका मेयर नितेन्द्रसाह, पर्सा गढीका मेयर लोकनारायण यादव, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, विद्यार्थी नेताहरू बद्री तिवारी, रोशन सिंह, रञ्जित पटेल तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
यसमा तपाइको मत