चुनावको मुखमा दाङ एमालेलाई धक्का, प्रभावशाली नेता कांग्रेस प्रवेश

– शरद रेग्मी

तुलसीपुर । कांग्रेस केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधी सभाका उम्मेदवार दीपक गिरीले कम्युनिष्ट पार्टीको अधिनायकवादविरुद्ध धमाधम पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्ने क्रम चलेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका– ३ मा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गिरिले कम्युनिष्टहरूको झुट्टा र भ्रामक आश्वासनले कार्यकर्ताहरू पलायन हुने क्रम जारी रहेको बताए । उनले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएकाले सबै जनताको हित गर्ने बताए ।

‘कम्युनिष्टहरूले देशलाई हिंसातर्फ लैजान खोजेका छन्’, उनले भने, ‘कम्युनिष्टहरूले देशमा पचासौँ वर्ष शासन गर्ने कुरा गरेकाले उनीहरू अधिनायकवाद ल्याउन सक्रिय भएका छन् ।’ कांग्रेसले कम्युनिष्टहरूको अधिनायकवादको प्रतिवाद गर्ने गिरीले बताए ।

श्रम राज्यमन्त्री तथा दाङ प्रदेश सभा सदस्यका उम्मेदवार डिल्लीबहादुर चौधरीले कांग्रेस पक्षमा जनलहर आएको देखेर कम्युनिष्टहरू डराएको बताए । ‘कांग्रेसको पक्षमा जनताले साथ दिएको देखेपछि कम्युनिष्टहरू आत्तिएका छन्’, उनले भने, ‘कांग्रेसले गरेको विकास जनताले देखेका छन् । कम्युनिष्टहरू भनेका विकास विरोधी हुन् ।’

कांग्रेस नेता चौधरीले पाहुनापर्न रुकुमबाट दाङ आएका कम्युनिष्ट पार्टीहरूका उम्मेदवारलाई रामो खाना र खाजा दिएर पठाउन दङ्गाली जनतासँग आग्रह पनि गरे ।

यसैबीच, एमालेका क्षेत्रीय सदस्य कुलप्रसाद कालाथोकी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेको सक्रीय राजनीतिमा रहेका कालाथोकी दलबलसहित कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Wednesday, 2017 November 29, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया