रामपुरको दलित बस्ती विकासको जिम्मेवारी कांग्रेसले उठायो

लमही । दाङ क्षेत्र नम्बर १ प्रदेश सभा २ अन्तर्गत पर्ने रामपुरको दलित समुदायको बस्ती । जुन बस्तीले यस्ता कैयन निर्वाचन भोगिसक्यो ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा पनि उस्तै बलियो आशा बाँडियो ‘तपाईहरूको बस्तीमा बिकासै बिकास ल्याउने छौँ ।’

स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधी चुनिए । तर, यो दलित समुदायको बाक्लो बस्तीमा बिकासको अवस्था भने जस्ताको त्यस्तै छ । फेरि अर्को चुनाव मंसिर २१ मा आउँदै छ ।

विगतमा चुनावमा नपुगेको बिकास अबको चुनावपछि पुग्ने आशा यो बस्तीमा चुलिएको छ । विगतमा भएको झुठा आश्वासन मात्रै नबाँड्न बस्तीका नागरिकहरूले उम्मेदवार समक्ष आग्रह गरेका छन् । ‘आश्वासन मात्रैले हामी अघाइसक्यौँ’, एक स्थानीयले भने, ‘अब हामीलाई विश्वास मात्रै हैन, काम भएको हेर्ने मन छ ।’

सोमबार कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सुशीला चौधरी र प्रदेशसभा २ का उम्मेदवार जानकीलाल बस्नेतलाई यो बस्तीका नागरिकहरूले असुविधाका एक–एक फेहरिस्त सुनाए ।

बस्तीमा उज्यालो बत्ती छैन । न त गाउँमा सजिलै पुग्ने बाटोघाटो नै छ । न त पिउने पानीको सहजता । उनीहरूले बिकासका यी आधारभुत आवश्यक्ता पूर्तिका लागि उम्मेदवारहरूसंग अनुरोध गरे ।

मतदाताहरुको माग सुनेपछि प्रतिनिधीसभा सदस्य उम्मेदवार चौधरीले तत्कालै दलित समुदायको बस्तीमा बिकासको पूर्वाधार कांग्रेसले खडा गर्ने बताइन् ।

‘यो बस्तीमा तत्कालै बिकासको पूर्वाधार खडा हुन्छ, त्यो पनि कांग्रेसले मात्रै गर्ने छ’, उनले भनिन्, ‘यसका लागि अबको निर्वाचनमा कांग्रेसको जित अपरिहार्य छ ।’

Published : Monday, 2017 November 27, 8:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया