कम्युनिष्टले जिते देशमा विनाश हुन्छ : दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले देशको विकास, राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको विजय आवश्यक रहेको बताएका छन् ।

दाङ क्षेत्र नं. ३ प्रतिनिधी सभाका सदस्य उम्मेदवारसमेत रहेका गिरीले तुलसीपुर –३ को लाहुरे चौरमा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै कांग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेस उम्मेदवारहरूको जित आवश्यक रहेको बताए ।

‘अब बेरोजगार युवाहरूलाई देशमै स्वरोजगार गराउन, महिलाहरूलाई सशक्तीकरण गर्दै रोजगारी र प्राविधिक शिक्षा दिन तर्फ लाग्र्नु पर्छ’, उनले भने, ‘देशले विकास चाहेको छ । विनाश होइन । कम्युनिष्टहरूले जिते भने देशमा विनाश हुन्छ ।’

उनले भने, ‘हामीले २०७० सालमा संविधान बनाउछौँ भनेर जनतामाझ आयौं । नयाँ संविधान दियौँ, अब यस पटक देशको समृद्धि र विकासका लागि भोट मागेका छौं । त्यो पनि पूरा गर्ने छौं ।’

Published : Monday, 2017 November 27, 8:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया