‘लेफ्ट’विरुद्ध कांग्रेसले दाङमा मंगलबार शक्ति प्रदर्शन गर्ने

घोराही । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दाङमा दुई वटा चुनावी सभाहरूलाई सम्बोन गर्ने भएका छन् ।

दाङ कांग्रेसले मंगलवार घोराही र तुलसीपुरमा हुने चुनावी सभामा उपस्थित हुन आफ्ना नेता तथा कार्यकर्ता र मतदाताहरूलाई आग्रह गरेको छ ।

चुनावी सभालाई कांग्रेस सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रममा रहेको छ ।

मंगलबार दिउँसो साढे १ बजे तुलसीपुरको अरनिको मैदान र साढे दुई बजे घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फ रहेको शहीद मञ्चमा सभा हुने छन् ।

केही दिन अगाडि एमालेका अध्यक्ष केपी ओलीले घोराहीमा आयोजित सभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा ओलीले दाङलाई राजधानी बनाउने र मुख्य मन्त्रीमा शंकर पोख्रेललाई अगाडि बढाएका विषयमा केही बताएका थिएनन् ।

Published : Monday, 2017 November 27, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया