मतपेटिका बोकेका कर्मचारीमाथि बम प्रहार

रुकुम । रुकुमको चौरजहारीबाट सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरूलाई लक्षित बम विस्फोट भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।

आइतबार राति पौने दश बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरू ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटिका र कमर्चारहरुलाई क्षति पुगेको छैन ।

बम प्रहार भएपछि उक्त मतपेटीकाहरु इलाकार प्रहरी कार्यालय चौरजहारीमा लगिएको थियो । मतपेटिकाहरू सोमबार जिल्ला सदरमुकाम ल्याउने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मत पेटीकाहरु जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउने क्रम जारी छ ।

मतहरू सुरक्षा व्यवस्थाका साथ जिल्ला समन्वय समितिमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेले बम प्रहार गरेको हुन सक्ने प्रहरी प्रशासनले अनुमान गरेको छ ।

Published : Monday, 2017 November 27, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया